२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम मन्दिरको प्राणप्रतिष्ठाको पूर्वसन्ध्यामा धनुषा र महोत्तरीमा शोभायात्रा



अ+ अ-

जनकपूरधाम । भारतको अयोध्यामा उद्घाटन हुन लागेको राम मन्दिरको प्राणप्रतिष्ठाको पूर्वसन्ध्यामा धनुषा, महोत्तरी लगायतका जिल्लाहरुमा सांस्कृतिक झाँकीसहितको शोभायात्रा निकालिएको छ ।

आईतवार महोत्तरीको जलेश्वर र धनुषाको जनकपुरधाममा सांस्कृतिक बाजागाजासहितको र्‍याली निकालिएको हो । र्‍यालीमा सहभागीहरुले हिन्दु धर्मावलम्वीहरुका लागि यो क्षण खुशीमय रहेको बताए । उनीहरुले नगर परिक्रमा गर्दै कलशयात्रा समेत गरेका छन् ।

भगवान रामको जन्मस्थल मानिने भारतको अयोध्यामा भव्य राम मन्दिर बनाइएको छ । नेपालभरका पाँच हजार मन्दिरहरूमा सोमवार मध्यान्ह १२ बजेदेखि १ बजेसम्म सत्सङ्ग भजन कीर्तन गर्ने, विजय महामन्त्र जप, आरती तथा प्रसाद वितरण अनि साँझ सबै हिन्दुहरूले दीप उत्सव गर्न गर्न आह्वान गरिएको छ ।

न्युज एजेन्सी नेपाल