८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

लगानी सम्मेलनको मुखमा उद्योग बन्द गरेर सकारात्मक सन्देश जाँदैन: अध्यक्ष ढकाल (भिडियोसहित)

लगानी सम्मेलनको मुखमा उद्योग बन्द गरेर सकारात्मक सन्देश जाँदैन: अध्यक्ष ढकाल (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेडिकेटेड र ट्रंक लाइनको विषयमा उद्योगी र विद्युत प्राधिकरणबीचको विवाद तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।

उहाँले समस्या समाधानका लागि अर्धन्यायिक निकायहरु विद्युत नियमन आयोग, उर्जा मन्त्रालय र विद्युत प्राधिकरणबाट गर्नसक्ने समाधान तत्काल गर्न र सम्बन्धित निकायबाट समाधान हुन नसक्ने भए न्यायिक समिति वा आयोग बनाएर तुरुन्तै समाधान गर्न माग गर्नुभयो ।

कोभिडबाट प्रभावित अर्थतन्त्र बिस्तारै लयमा आउन लागेको र लगानी सम्मेलन समेत गर्न लागेको अवस्थामा डेडिकेटेड र ट्रंकलाइन विवादले विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने खतरा बढेको अध्यक्ष ढकालले बताउनु भयो । उहाँले प्राधिकरणले काटेको उद्योगहरुको विद्युत लाइन प्राधिकरणले तत्काल जोडेर समस्या समाधानको पहल गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘डेडिकेटेड र ट्रंक लाइनको विषय लोडसेडिङको समयदेखिको उद्योगी र विद्युत प्राधिकरणको विवाद हुँदै आएको छ । चार महिना पहिला प्राधिकरणले उद्योगको लाइन काट्न सूचना निकालेको थियो । त्यो लाइन नकाट्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई व्यवसायीहरुले भेटेरै आग्रह गरेको थियो । प्रधानमन्त्रीले लाइन नकाट्न निर्देशन दिएपछि रोकिएको थियो । पछिल्लो केही दिनदेखि उद्योगी व्यवसायीहरु र प्राधिकरणबीच विवाद बढेको छ । यो विवादका के देखिन्छ भने एउटा ट्रान्समिसन लाइनबाट आएको विवाद छ । अर्को लोडसेडिङ हटिसकेपछि प्राधिकरणबाट बिलहरु आएको छ । व्यवसायीहरुले प्राधिकरणलाई विद्युत महशुल तिर्नुपर्ने प्रमाण भए तिर्न तयार छौं भनेको अवस्था छ । यस्तो अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघले शुरुमा नै विद्युतको लाइन काटेपछि आफ्नो धारणा सार्वजनिक गरिसकेको छ । कतिपय अर्धन्यायिक निकायहरु विद्युत नियमन आयोग,उर्जा मन्त्रालय र विद्युत प्राधिकरणबाट गर्नसक्ने समाधान सम्बन्धित निकायबाट हुनुपर्छ । यी निकायहरुबाट समाधान गर्न नसक्ने विवाद हो भने न्यायीक समिति वा आयोग राखेर तुरुन्तै समाधान गर्नुपर्छ । प्रमाण भए व्यवसायीहरुले विद्युत महशुल तिर्न तयार रहेको कुरा भनिरहेका छन् । यस्तो कोभिडबाट प्रभावित अर्थतन्त्र बिस्तारै लयमा आउन लागेको र सरकारले लगानी सम्मेलन समेत गर्न लागेको अवस्थामा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जान्छ । नेपाल सरकारका कतिपय भुतप्रभावि कानूनहरुले पनि लगानीमा प्रभाव पार्ने देखिन्छ । नेपालमा केही समय पहिला बैंक तथा वित्तीय संस्थाहरु मर्जर हुँदा भुतप्रभावि कानूनहरुले गर्दा कर लाग्दैन भनेको कुरा पनि पछि अदालतले कर लाग्छ भनेर कर तिर्नुपर्‍यो । यसले मुलुकको समग्र आर्थिक गतिविधि बढाउन, व्यापार बढाएर राजश्व वृद्धि गराउन, रोजगारी सिर्जना गर्नका भए पनि सरकारले डेडिकेटेड र ट्रंक लाइनको विषयको उद्योगी र विद्युत प्राधिकरणको विवाद तत्काल समधान गर्नुपर्छ । प्राधिकरणले एकलौटी निर्णय गरेर उद्योगहरुको लाइन काटिएको छ । प्राधिकरण तत्काल लाइन जोड्नुपर्छ ।’

उहाँले चार महिना पहिला प्राधिकरणले उद्योगको लाइन काट्न सूचना निकाल्दा लाइन नकाट्न प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन दिएपछि रोकिएको बताउनु भयो । उहाँले सरकारले उद्योगी व्यवसायीहरु र प्राधिकरणबीच विवाद बढ्न नदिएर हस्तक्षप गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले एउटा ट्रान्समिसन लाइन र लोडसेडिङ भइसकेपछि प्राधिकरणबाट विद्युत महशुल तिर्न बिलहरु आएको विवाद न्यायिक आयोगमार्फत तत्काल समाधान गर्न आवश्यक रहेको बताउनु भयो ।