१५ असार २०८३, सोमबार
,
Latest
उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन रुप फेरिएको नयाँ बसपार्क यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फोटो फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष कोरियाली भाषा परीक्षाका लागि इपिएसले ग–यो आह्वान



कोरियामा रोजगारीका लागि कोरियाली भाषा परीक्षाका लागि लामबद्ध नेपाली युवा (फाइल तस्वीर)
अ+ अ-

काठमाडौं: दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्किएका कामदारलाई पुन: कामदारका रुपमा छनौट गर्न रोजगार अनुमति प्रणाली (इपिएस) ले पुन: परीक्षा लिने भएको छ ।

इपिएसले आज एक सूचना प्रकाशन गरी दक्षिण कोरियाको मानव स्रोत विकास सेवाले सञ्चालन गर्ने यस्तो परीक्षामा सामेल हुन चाहने नेपालीलाई अनलाइन आवेदन मार्फत फारम भर्न अनुरोध गरेको छ ।  इपिएसका अनुसार, यही साउन १३ गतेदेखि १५ गतेसम्म फारम वितरण गर्ने, भदौ ८ गते परीक्षा तालिका घोषणा गरिने, भदौ १८ देखि २९ गतेसम्म परीक्षा हुने तथा असोज ३ गते नतिजा प्रकाशन हुनेछ ।

यो रोजगारी उत्पादनमुलक र कृषि तथा पशुपालनका लागि उपलब्ध हुने बताइएको छ ।

इपिएसले परीक्षा शुल्क अमेरिक डलर २८ लाग्ने जनाएको छ ।

आवेदकको योग्यता
क. नेपाली नागरिक
ख. ई.पी. एस. अन्तर्गत गणतन्त्र कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात भिसा अवधि (Sojourn Period) भित्रै स्वैच्छिक रुपले नेपाल फर्केका कामदारहरु ।
ग. उमेर १८ बर्ष पूरा भई ३९ बर्ष ननाघेको अर्थात सम्वन्धित उम्मेदवार सन् १९८३ जुलाई ३० देखि सन् २००५ जुलाई २९ (२०४० श्रावण १४ देखि २०६२ श्रावण १४) बिच जन्मेको हुनु पर्ने छ ।
घ. फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको ।
ङ. गणतन्त्र कोरियामा गई गैर कानुनी रुपमा बसोबास नगरेको ।
च. नेपालबाट अन्य मुलुकमा जान रोक नलगाईएको ।
छ. Color blindness नभएका ब्यक्तिहरु ।
ज. कोरियामा E-9 र E-9-1 भिसामा पाँच बर्ष भन्दा बढी अबधि नबसेको ।
झ. HRDKorea बाट Special EPS-TOPIK परीक्षामा सहभागी हुनसक्ने भनी प्राप्त भएका नामावलीमा नाम भएकाले मात्र आवेदन फाराम भर्न पाउने ।