२२ असार २०८३, सोमबार
,
Latest
मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो फुटबल २०२० : रसियासामु फिनल्यान्ड निरिह



अ+ अ-

सेन्टपिटसबर्गः युरो फुटबल अन्तर्गत बुधबार साँझ सम्पन्न पहिलो खेलमा रसियाले फिनल्यान्डलाई पराजित गरेको छ ।

रुसको सेन्टपिटसबर्गस्थित क्रेस्टोभ्स्की रंगशालामा भएको खेलमा रसियाले फिनल्यान्डलाई १–० गोल अन्तरले पराजित गरेको थियो । खेल अवधिभर रसियाले फिनल्यान्ड विरुद्ध गोल गर्ने कैयौं अवसर गुमाएको थियो ।

यो जितका नायक थिए रसियाका अलेक्सी मिरानचुक । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

जितसँगै रसियाले दुई खेलबाट ३ अंक बनाएको छ । यो समूहमा बेल्जियम, फिनल्यान्ड, रसिया र डेनमार्क रहेका छन् । बेल्जियमले १ खेलबाट यसअघि नै ३ अंक बनाइसकेको छ र समूहमा पहिलो स्थानमा छ ।

फिनल्यान्डले पनि डेनमार्क विरुद्धको खेल जितेर ३ अंक बनाएको छ, र तेस्रो नम्बरमा छ ।

आजै राति टर्की र वेल्स तथा मध्यराति इटाली र स्वीट्जरल्यान्डबीच खेल हुँदैछ ।