२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र रुसी तल्लो सदनका अध्यक्षबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । रुसको भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी तल्लो सदन डुमाका अध्यक्ष व्याचेस्लाभ भोलोडिनबीच भेटवार्ता भएको छ ।

रुसी उपल्लो सदनको निमन्त्रणामा रुसको औपचारिक भ्रमणमा रहनुभएका अध्यक्ष तिमिल्सिना र डुमाका अध्यक्ष भोलोडिनबीच आज भेटवार्ता भएको हो ।

भेटवार्तामा उहाँहरूबीच दुई देशबीच अन्तर–संसदीय सहयोगलाई प्रवर्द्धन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग र कार्यालयबीच निकट अन्तक्र्रियामार्फत अन्तर–संसदीय सम्बन्धलाई सुदृढ गर्ने विषयमा छलफल भएको अध्यक्षको सचिवालयले जनाएको छ ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले दुई देशको बीचमा विश्वासको वातावरण बढाउन तथा आपसी सहयोग अभिवृद्धि गर्न भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अन्तर–संसदीय सहयोग बढाउँदै नेपालमा मलखाद तथा गहुँको निर्यात गर्नका लागि रुसले देखाएको रुचिप्रति कृतज्ञता ज्ञापन पनि गर्नुभयो । उहाँले नेपालले अन्तर्राष्ट्रिय मामिलामा स्वतन्त्र दृष्टिकोण अवलम्बन गर्दै आएको स्पष्ट पार्नुभएको थियो ।

डुमाका अध्यक्ष भोलोडिनले संसदीय अनुभव आदनप्रदानका लागि यस्ता भ्रमणलाई निरन्तरता दिँदै जाने र भविष्यमा निम्तो पाएमा नेपालमा पनि रुसी प्रतिनिधिमण्डल आउन इच्छुक रहेको बताउनुभएको थियो ।

यसैगरी अध्यक्ष तिमिल्सिनाले आजै रुसका विभिन्न राजनीतिक दलका नेतृत्वसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । मस्कोस्थित अन्तर्राष्ट्रिय सम्बन्ध संस्थानका विद्यार्थीलाई सम्बोधन र रुसमा रहेका गैरआवासीय नेपालीको कार्यक्रमसमेत सहभागी हुनुहुनेछ । रासस