१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा

दुरा समुदायको इतिहास र संस्कृति झल्किने पुस्तक

दुरा समुदायको इतिहास र संस्कृति झल्किने पुस्तक
अ अ+ अ-

काठमाडौँ । आजकल, कतिपय अध्येताले देशका जातजातिको जीवनशैलीलाई समेटेर अध्ययन गर्ने तथा कृति प्रकाशन गर्ने क्रममा मन्दी आएको विचार राख्दै आएका छन् ।

नेपालजस्तो जातजाति, भाषा, संस्कृति आदिका दृष्टिले विविधताले भरिएको देशका लागि यस्तो आवाज आउनु सुखद् प्रसङ्ग अवश्य पनि होइन । यद्यपि, यस क्षेत्रमा काम ठप्पै भएको भने होइन । हुनुपर्ने जति काम नभए पनि केही न केही कामचाहीँ अवश्य भइरहेको छ ।

यस क्रममा लमजुङको दुराडाँडा क्षेत्र मूल थातथलो मानिएको दुरा समुदायबारे खोजमूलक कृति आएको छ । कृतिको नाम हो– ‘दुरा इतिहास र संस्कृति’ । दुरा समुदायको ऐतिहासिक र सांस्कृतिक पक्षलाई समेटेर ‘दुरा इतिहास र संस्कृति’ नामक खोजमूलक पुस्तक प्रकाशन भएको छ ।

अल्पसङ्ख्यक अवस्थामा रहेको दुरा समुदायले मूलत: भाषिक तथा जनसाङ्ख्यिक समस्या भोग्दै आएको छ । यसबाट दुरा समुदायको पहिचान पनि सङ्कटमा पर्दै गएको अनुभूत गरिँदैछ । दुराहरूको भाषा पनि मृतप्राय: अवस्थामा छ । विसं २०५८ को राष्ट्रिय जनगणनाअनुसार दुरा जातिको कूल जनसङ्ख्यामा पाँच हजार एक सय ६९ रहेको छ । विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार दुराहरूको पाँच हजार तीन सय ९४ रहेको छ । दुरा सेवा समाजले २०५४ सालमा गरेको एक अध्ययनमा पाँच हजार छ सय ७६ रहेको छ । त्यसमा जिल्लागत जनसाङ्ख्यिक वितरण हेर्दा लमजुङ ७२ प्रतिशत, तनहुँ १६ प्रतिशत, चितवन छ प्रतिशत, कास्की तीन प्रतिशत र अन्य जिल्ला तीन प्रतिशत रहेको छ ।

यस पुस्तकमा दुरा समुदायको समीक्षात्मक इतिहास, थातथलो, जनसङ्ख्या, भाषिक पक्ष तथा जन्मदेखि मृत्युसम्मका संस्कार समेटिएका छन् । यसैगरी, दुरा समुदायमा प्रचलित विश्वास प्रणाली, खाद्य संस्कृति, चाडवाड, परम्परागत उपचार पद्धति, दुरा समुदायको पहिचानसँग जोडिएका स्थाननाम, लोकजीवनका विभिन्न रोचक आयाम एवं अमूर्त सांस्कृतिक सम्पदा आदिबारे विस्तृत चर्चा गरिएको छ । पुस्तकमा सङ्क्षिप्त इतिहास र परिचय, दुरा समुदायको पहिचानसँग जोडिएका स्थान नाम, अमूर्त सांस्कृतिक सम्पदा, विश्वास प्रणाली, लोकजीवन, चाडपर्व तथा उत्सव, खाद्य संस्कृति, परम्परागत ओखतीमूलो, पूजाआजा, जन्म संस्कार, विवाह पद्धति र मृत्यु संस्कारलाई विस्तृतरूपमा समेटिएको छ ।

कूल १२ अध्यायमा विभक्त पुस्तकको परिचय खण्डमा इतिहास, थातथलो, जनसङ्ख्या भाषिक पक्ष एवं वेशभूषालाई समेटिएको छ । पुस्तकमा समाज समयक्रमसँगै व्यक्तिवादी बन्दै गएको घडीमा पनि दुरा समुदायमा बाँचिरहेका सामूहिक जीवनशैलीका झलकलाई प्रस्तुत गरिएको छ । दुरा समुदायको जीवनशैलीलाई चित्रण गर्ने क्रममा माइती राख्ने, सियो राख्ने, लोबारे खाने, रोदी बस्ने, माया विचार्ने, चियाँ हेर्नेजस्ता अनौठो सांस्कृतिक रीतभाँतबारे रोचक शैलीमा वर्णन गरिएको छ । यस्ता रोचक सांस्कृतिक रीतभाँतलाई जनाउने शब्दको अर्थ बुझाउन अनुसूची खण्डमा पारिभाषिक शब्दावलीसमेत दिइएको छ ।

पुस्तकमा दुरा समुदायको पहिचानसँग जोडिएका स्थाननामबारे चर्चा गरिएको छ । यस क्रममा क्रममा कुनै समयमा दुरा समुदायको बसोबास भएको र अहिले बसोबास नभएका तर दुरा समुदायको पहिचान भने कायमै भएका ठाउँका बारेमा दुर्लभ प्रकृतिका जानकारी दिइएको छ । दुरा थोक, दुरा गाउँ, दुरा टहरा, दुराबारी, दुराको बोट आदि ठाउँका बारेमा हालसम्म बाहिर नआएका जानकारी पस्किने काम भएको छ ।

पुस्तकमा दुरा समुदायमा प्रचलित परम्परागत ओखतीमूलो तथा उपचार पद्धतिबारे पनि प्रकाश पारिएको छ । आजको भोगवादी युगमा महँगो आधुनिक औषधोपचारले बजार पिटिरहेको घडीमा त्यस्ता परम्परागत उपचार पद्धति मूल्यहीनझैँ लाग्नसक्छ तर, औषधोपचार निरन्तर महँगो बन्दै गएको छ । नागरिकले उपचारका नाममा अनावश्यक रूपमा महँगो मूल्य चुकाउनु परिरहेको छ । पुस्तकमा वर्णित परम्परागत ओखतीमूलोबारे अध्ययन गरिरहँदा परम्परागत ज्ञानमा आधारित यस्ता उपचार पद्धतिलाई ब्युँताउन पाएमा नागरिकलाई केही राहत मिल्थ्यो कि भन्ने चेतना पनि पलाउँछ ।

प्राध्यापन तथा शोधकार्यमा संलग्न यमबहादुर दुराले शोधकार्यपछि पुस्तक लेखेको हुन् । यसभन्दा अघि पनि विभिन्न अध्येताले दुरा समुदायबारे लघु शोधपत्र नलेखेका होइनन् । जनकवि केशरी धर्मराज थापा, राजेश गौतम तथा अशोक थापा मगर, नगेन्द्र शर्मा आदिले आ–आफ्ना पुस्तकको एक हिस्साका रूपमा दुरा समुदायबारे केही प्रकाश पारेका छन् । यसैगरी, डा गणेशमान गुरुङ, डा ऋषिकान्त अधिकारी, मुक्तिनाथ घिमिरे आदिले दुरा समुदायबारे सग्लो पुस्तक नै लेखेका छन् । यद्यपि, विषयवस्तुको पैmलावट, अन्तरवस्तुको व्यवस्थापन र प्रस्तुतीकरणका दृष्टिले यस कृतिलाई हालसम्मकै सघन र व्यापक मानिएको छ ।

नवप्रकाशित पुस्तकका कृतिकारले दुरा समुदायको इतिहास र संस्कृतिलाई द्रष्टा र भोक्ता दुवैरूपमा चित्रण गरेका छन् । पुस्तकले दुरा समुदायबारे आएका भ्रामक भाष्यलाई चिर्ने काम पनि गरेको छ । उदाहरणका लागि, भारतमा मुसलमान आक्रमण भएपछि राजस्थानस्थित चित्तौडगढबाट भागेर आएका राजपूत रमणी र उनका नोकरबीचको संसर्गबाट दुरा जातिको उत्पत्ति भएको भन्ने अपमानजनक भनाइ कसै कसैले अघि सारेका छन् । बिना ऐतिहासिक आधार तथा प्रमाण अघि सारिएका यस्ता भाष्यलाई विभिन्न ऐतिहासिक साक्ष्य तथा प्रमाणका आधारमा खण्डन गरिको छ ।

यसैगरी, दुरा समुदायको सांस्कृतिक पक्षबारे कतिपय लेखकले अज्ञानवश तथा भूलवश लेखेका भ्रामक जानकारीलाई सप्रमाण भ्रम निवारण गर्ने प्रयास गरिएको छ । पुस्तकलाई प्राज्ञिक बनाउने प्रयास पनि भएको छ । सूचनाको स्रोतलाई शोधविधि अनुसार उद्धरण गर्ने प्रयास गरिएको छ । पुस्तकमा सन्दर्भ सामग्री, अनुक्रमणिका, ‘क्रस रिफरेन्स’ तथा अनुसूचीलाई पनि दिइएको छ । आवश्यकताअनुसार मौखिक स्रोत पनि प्रयोग गरिएको छ, जुन एकप्रकारले नयाँ अभ्यास देखिन्छ । यसका अतिरिक्त लेखक दुरा समुदायकै व्यक्ति भएकाले आफ्नो समुदायमा हुर्कंदा बढ्दा देखेभोगेका सांस्कृतिक जीवनका आयामलाई अनुभवप्रधान र अवलोकनमूलक दृष्टिबाट प्रस्तुत गर्ने काम गरिएको छ ।

पुस्तकमा सुधान गर्नुपर्ने पक्ष पनि देखिन्छ । दुरा समुदायको सांस्कृतिक पक्षको वर्णन गर्दा पुस्तक मूलत: वर्णनात्मक देखिएको छ । यद्यपि, यसमा विश्लेषण तथा समीक्षा नभएको होइन । खासगरी, सांस्कृतिक पक्षको वर्णन गर्दा त्यसको विश्लेषणात्मक पक्षलाई पनि अझ मजबुत बनाउन सकेको भए पुस्तक अझ बढी पठनीय हुने थियो । पुस्तकमा ठाउँ–ठाउँमा तस्बिर पनि प्रयोग गरिएका छन् । तर, पुस्तक पढ्दै जाँदा पाठ ९टेक्ट० मा वर्णित सन्दर्भ बुझाउने खालका सान्दर्भिक तस्बिर तथा ग्राफिक्सको कमी भएको प्रतीत हुन्छ ।

समग्रमा भन्दा, यस पुस्तकलाई दुरा समुदायको ‘इथ्नोग्राफिक अध्ययन’ को गतिलो खुराकको रूपमा लिन सकिन्छ । भविष्यमा दुरा समुदायबारे थप अध्ययन गर्न चाहनेका लागि यस पुस्तक एउटा गतिलो आधार बन्न सक्छ । साथै, नेपालका अल्पसङ्ख्यक दुरा समुदायको इतिहास र संस्कृतिको अभिलेखीकरण तथा सम्वद्र्धनमा पुस्तकले रचनात्मक भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ । रासस