१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा

‘शेषराजगज’को स्याहारमै ब्यस्त बिमला

‘शेषराजगज’को स्याहारमै ब्यस्त बिमला
अ अ+ अ-

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा विगत पाँच वर्षदेखि ‘माहुत’ पदमा कार्यरत बिमला चौधरी यतिबेला चितवनबाट ल्याइएको हात्तीको छावा ‘शेषराजगज’को स्याहारमै ब्यस्त हुनुहुन्छ ।

कञ्चनपुरको शुक्लाफाँटासित जोडिएको भीमदत्त नगरपालिका–१४ बनकट्टटीमा हुर्किनुभएकी ३० वर्षीया बिमला निकुञ्जकी पहिलो र एक मात्रै महिला माहुत हुनुहुन्छ ।

जागिरमा प्रवेश गरेदेखि नै यहाँको पिपरिया हात्तीसारमा कार्यरत बिमलाले हात्तीसारमा रहेकी शारदाकलीको निधनपछि शेषराजगजको स्याहारसुहारको जिम्मेवारी प्राप्त गर्नुभएको हो । “बिहान हात्तीलाई नुहाउनदेखि जङ्गलमा चराउने, खुवाउने र स्याहारलगायत काम गर्दै आएकी छु”, बिमलाले रासससित भन्नुभयो, “जागिरको सुरुआतमा जनावरसितको घुलमिल नहुँदा काम गर्न असहज भएको थियो, पछि बानी पर्दै जाँदा सहज बन्दै गयो ।”

निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुमेला गरी तीन स्थानमा हात्तीसार छन् । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षाका लागि हात्तीद्वारासमेत गस्ती गरिन्छ । यहाँ रहेका छ हात्तीबाट गस्तीलगायत निकुञ्जको कामकाज गरिँदै आएको छ । शेषराजगज छावा भने गत पुसमा मात्र पिपरिया हात्तिसारमा राखिएको बिमला बताउनुहुन्छ ।

हात्तीको स्याहारदेखि गस्ती लैजाँदासम्मका लागि माहुत, पछुवा र फणित खटिने गरेका छन् । यहाँ हात्तीका लागि २१ कर्मचारी खटिएका छन् । ‘बिमला’ एक मात्र महिला कर्मचारीका रुपमा कार्यरत हुनुहुन्छ । “शारदाकली हुँदासम्म एक्लै पनि चराउन धेरै टाढासम्म जंगल पसेकी छु”, उहाँले भन्नुभयो, “अहिले शेषराजगज सानै भएकाले हात्तीसारबाहेक अन्यत्र जानु परेको छैन ।”

शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका गोपाल चौधरीसित घरजम गरेकी बिमलाका एक वर्षीय छोरा पनि साथमै हुनुहुन्छ । “छोरा सानै छ, उसको र शेषराजगजको स्याहारको जिम्मेवारी मेरै काँधमा छ”, उहाँले भन्नुभयो, “दुवैका लागि समय व्यवस्थापन गरेर अघि बढेकी छु ।” घरमा पशुचौपायाका लागि घाँस आहारा खोज्ने बिमलाको ब्यस्तता हात्तिसारमा पनि उत्तिक्कै बढी छ ।

“जनावरसितको काम चुनौतीपूर्ण नै हुन्छ, कति बेला कुन मुडमा हुन्छन् भर नै हुँदैन”, बिमलाले भन्नुभयो, “ अहिलेसम्म विना डरत्रास काम गरेकी छु ।” उहाँले आफ्नो पाँचवर्षे जागिरकालका क्रममा शुक्लाफाँटामा शारदाकली र रतनकली उमेर पुगे निधन भएको देखेको बताउनुभयो । “आफूले रातदिन स्याहारसुसार गरेको जनावरको मृत्यु हुँदा निकै दु:ख लाग्छ”, बिमला भन्नुहुन्छ–“ठूला हात्तीसित काम गर्न धेरै सक्रियता चाहिने रहेछ ।”

विश्वमै दुर्लभ बाह्रसिङ्गेको प्रमुख बासस्थान शुक्लाफाँटा ३६ पाटे बाघ, १७ गैँडालगायत चराचुरुङ्गीका साथै वन्यजन्तुको महत्वपूर्ण बासस्थान हो । यहाँ आउने पर्यटकले हात्ती शयरको अवसर घरपालुवा हात्ती अभावकै कारण पाउन सकिरहेको छैनन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका रेञ्जर प्रयास केसीले शुक्लाफाँटामा दश हात्तीको दरबन्दी रहेको जानकारी दिनुभयो । “अहिले एउटा छावा (बच्चा) सहित सात हात्ती मात्रै यहाँ छन्”, उहाँले भन्नुभयो ।

विसं २०२६ मा सिकार आरक्षका रुपमा स्थापना भएको शुक्लाफाँटा २०७३ साल फागुनमा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो । अभाव देखाउँदै निकुञ्ज प्रशासनले माथिल्लो निकायमा आवश्यकताअनुसार हात्तीको माग गरे पनि यसको सुनवाई हालसम्म हुनसकेको छैन । चोरी शिकारी नियन्त्रणका लागि गस्ती गर्न हात्तीको प्रयोग गर्नुपर्ने हुन्छ । हात्तीमा गस्ती गर्दा ‘फणित’ले नेतृत्व गर्छन् । रासस