५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्से: विश्वप्रकाश शर्मा



फाईल फोटो
अ+ अ-

दमौली । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिचान बनाएकाहरुले कांग्रेसलाई भुल्न नहुने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले आज व्यास नगरपालिका–३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले कांग्रेसबाट अवसर लिनेहरु नै अहिले कांग्रेसलाई भुलेको आरोप लगाउनुभयो ।

“कांग्रेसबाट अवसर लिएकाहरुले नै आज कांग्रेसले के दियो भन्ने गरेको सुनिँदै आएको छ, आज मातातीर्थ औँसी पनि हो, जसले पहिचान र अवसर दियो त्यो पनि आमा सरह नै हो,” महामन्त्री शर्माले भन्नुभयो ।

महामन्त्री शर्माले आमालाई एक दिनमात्र नभइ सधैँ सम्मान गर्नुपर्ने बताउनुभयो । “एकदिन सम्मान गरी फोटो खिचाउँदैमा आमाप्रति सम्मान हुँदैन, आमा त भगवान हुन् सधैँ सम्मान गर्नुपर्छ,” शर्माले भन्नुभयो ।

महामन्त्री शर्माले गोविन्द भट्टराईले तनहुँ छाडेर अन्यत्रबाट पनि टिकट पाउँदा विगतमा अन्य क्षेत्र जान नमान्नुभएको चर्चा गर्दै भन्नुभयो, “उहाँलाई अन्यत्रबाट पनि चुनाव लड्न आग्रह गरिएको हो, तर उहाँले जन्मभूमि छाडेर अन्यत्र जान्न, जहिले टिकट पाउँछु त्यहीबेला लड्छु भनेर बस्नुभएको हो । उहाँमा मातृभूमिप्रति सम्मान छ ।”

महामन्त्री शर्माले संसद् नहुँदा पनि भट्टराईले यहाँका जनताका लागि धेरै काम गरेको चर्चा गर्दै अब संसद्मा पुर्‍याएर उहाँमा विकासप्रतिको काम गर्ने चाहनालाई पूरा गर्ने बेला आएको बताउनुभयो ।

सो अवसरमा उम्मेदवार भट्टराईले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए संसद्मा आमा, दिदीबहिनीको हकहितका लागि आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो । भट्टराई आफ्नो जन्मभूमिको सेवाका लागि सदैव क्रियाशील रहने बताउँदै उहाँले एकपटक काम गर्ने अवसर प्रदान गर्न आग्रह गर्नुभयो ।