१३ पुष २०८१, शनिबार
,
Latest
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिने आइएमई समूहको लगानीमा कैलालीको चिसापानीमा जालपादेवी केवलकार निर्माण हुने, परराष्ट्र मन्त्री राणाद्वारा शिलान्यास-फोटोफिचर भारतीय पूर्व प्रधानमन्त्री सिंहको राजकीय सम्मानसहित निगमबोध घाटमा अन्त्येष्टि यी ४ रोग छन् भने केरा नखानुहोस् ‘राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन हो’ प्राप्त ज्ञानलाई मुलुकको समृद्धि र सुखका लागि प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित ओलीलाई घनश्यामको सुझावः पार्टी नेतृत्वमा तपाईंका नीति असफल भइसके, नेतृत्व छोड्नुस् प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुनेछः सञ्चारमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा खुला व्यायामशाला स्थापना



अ+ अ-

बागलुङ । बागलुङमा खुला व्यायामशाला स्थापना गरिएको छ । बागलुङ नगरपालिकाले नागरिकको पहुँचमा पुग्नेगरी खुला व्यायामशाला स्थापना गरेको हो ।

नगरपालिकाको पहलकदमी तथा आयुर्वेद विभागको समन्वयमा सो संरचना स्थापना गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । झोलुङ्गे पुल रहेको सहिद पार्कमा खुला व्यायामशाला सञ्चालन गरिएको श्रेष्ठले बताए ।

नगरपालिका–१ रामरेखाको सहिद पार्क तथा लामो झोलुङ्गे पुल अवलोकनका लागि पुगेका नागरिकलाई लक्षित गरी सो संरचना बनाइएको हो ।

“बिहान र बेलुका हिँड्डुल गर्ने नागरिक बढेका छन्, बजारको कोलाहलबाट टाढा रहन बाङ्गेचौर, लामो पुल, सहिद पार्क र मालढुङ्गा क्षेत्रमा पुग्ने गरेका छन्”, नगरप्रमुख श्रेष्ठले भने, “शारीरिक अभ्याससँगैै खुला प्रकृतिको आनन्द लिन सकिने छ ।”

पुल हेर्न आउने र शारीरिक स्फूर्तिका लागि आवातजावत गर्नेलाई सहज भएको स्थानीय राम शर्माले बताउनुभयो । सहर बजारका नागरिकको खानपान र रहनसहनका कारण अनिवार्य व्यायाम गर्न आवश्यक देखिएकाले गत वर्षदेखि यस्तो संरचना बनाउने सोच राखिएको थियो । यस वर्ष १५ प्रकारका सामग्री ल्याएर व्यायामशाला स्थापना गरिएको हो ।

धौलागिरि आयुर्वेद औषधालय बागलुङका प्रमुख डा सरोजकुमार रायका अनुसार डब्लुएचओको आर्थिक सहयोग तथा आयुर्वेद विभागको समन्वयमा यो संरचना बनाइएको हो । शारीरिक अभ्यास, योग तथा खानपानमा सहर बजारका नागरिक सचेत रहन आवश्यक रहेको बताउँदै डा रायले खुला व्यायामशाला नागरिकको पहुँचमा पुग्ने भरपर्दो शारीरिक अभ्यासको माध्यम हो भने । रासस