५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरि हिल्समा नयाँ वर्ष २०८० मा शेयरधनीलाई २५ प्रतिशतसम्म छुट



अ+ अ-

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा आफ्ना शेयरधनीहरुलाई केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ्ग, वाल क्लाइम्बिङ्ग, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरुको शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

यस नयाँ योजना अन्तर्गत छुट सुविधा लिनको लागि शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउण्टरमा प्रस्तुत गर्नुपर्नेछ । यो योजना एक वर्षको लागि लागू रहने छ ।

काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिममा रहेको चन्द्रागिरि पहाडमा निर्माण गरिएको केबलकारसहितको यो नयाँ गन्तब्य धार्मिक, साहसिक, मनोरञ्जन तथा छुट्टी मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तब्यको रुपमा रहेको छ ।

यसका साथै प्रत्येक भ्रमणमा शेयरधनीहरुलाई संध्याकालीन केवलकारको टिकट समेत प्रदान गरिने छ । यस योजना सम्बन्धित विस्तृत सेवा तथा सर्तहरुको जानकारी तल दिइएको कम्पनीको नम्वर तथा ठेगाना मार्फत प्राप्त गर्न सक्नुहुने छ ।

चन्द्रागिरि हिल्स लिमिटेड
सम्र्पक ठेगाना :– थानकोट ,काठमाण्डौ

इमेल:sales@chandragirihills.com
सम्पर्क नम्वर : ९८०२०८४००७ /९८०२३००३०६