२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कामिनो’मा नीति शाह अनुबन्धित, प्रदीपसँग जोडी बाँधिने



अ+ अ-

काठमाडौँ । दीपक वलीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कामिनो’मा नीति शाह अनुबन्धित भएकी छन् । बुधबार निर्माण टिमले उनीसँग कागजी सम्झौता गरेको हो ।

फिल्ममा उनको जोडी अभिनेता प्रदीप खड्कासँग बाँधिनेछ । ‘कामिनो’मा प्रदीप र नीतिसँगै वर्षा सिवाकोटी र राजबल्लभ कोइराला पनि फाइनल भइसकेका छन् ।

जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथा फिल्मले भन्नेछ । यसको छायांकन आगामी चैतबाट सुरु हुनेछ । फिल्मका कार्यकारी निर्माता सुनिल विष्ट गौली रहेका छन् भने पटकथारसंवाद महेश दवाडीले लेखेका हुन् ।

सौरभ लामाको छायांकन, एसडि योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको फिल्मको बजेट तीन करोडभन्दा बढी रहेको छ ।

फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस गरी चार भाषामा रिलिज गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ ।