३१ जेष्ठ २०८३, आईतवार
,
Latest
पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘फूलबारी’ प्रदर्शनी



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र ‘फूलबारी’ प्रदर्शन गरिएको छ । अवकाशप्राप्त शिक्षकको जीवनी देखाइएको सो चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीसहित विशेष भूमिकामा अभिनेता दयाहाङ राई देखिनुभएको छ ।

सञ्चयकोषमार्फत पाउने रकम विद्यालयमै आफ्नी आमाको नामबाट कोष खडा गरेर अवकाशप्राप्त जीवन आफ्नो श्रीमती र सन्तानसँग बिताउने चाहना राखेको अभिभावकको अभाव र सरलताको कथा चलचित्रमा देखाइएको छ । यशोधा फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा रहेको छ भने यसलाई रामबाबु गुरुङले निर्देशन गर्नुभएको छ ।

शिक्षक जयनारायण शर्माका श्रीमती लक्ष्मी शर्मा र तीन छोरा छन् । जेठोले विवाह गरिसकेका छन् र श्रीमतीसहित छोरीसँग बस्छन् । माइलोको आफ्नै एक ब्याण्ड छ र स्ट्रगल गरिरहेका छन् । कान्छो भने आफ्नो भविष्य वनाउन अष्ट्रेलिया लागिसके । तीन छोराको भविष्यका लागि जीवनभर मेहनत गरेका शर्मा दम्पती उपचार गराउन सहर पुगेपछि भोग्ने परिस्थितिले दर्शकसँग चलचित्रलाई जोड्छ ।

अभिभावकले सन्तानबाट राख्ने अपेक्षा र सन्तानले भुलेको संस्कारनै यसको मूल कथा हो । प्रदर्शनको पूर्वसन्ध्यामा काठमाडौँमा गरिएको प्रदर्शनीमा चलचित्र हेर्न आइपुगेका कलाकर्मीले सकारात्मक प्रतिक्रिया दिएका छन् । विशेषत शिक्षक जय नारायणको भूमिकामा देखिनुभएका अभिनेता कार्कीको चर्चा भयो । “परिवारले हेर्नुपर्ने चलचित्र वनेको छ । यसले महत्व दर्शाउँछ”, अभिनेता तथा निर्देशक निर्मल शर्माले भन्नुभयो ।

‘कबड्डी’ का शृङ्खलामार्फत दर्शकमाँझ पुगिरहनुभएका निर्देशक गुरुङले ‘पुरानो डुङ्गा’पश्चात् फरक श्रेणीको चलचित्र निर्देशन गर्नुभएको हो । “पहिलो दर्शक बन्नुभएको कलाकर्मी र मिडियाकर्मीबाट प्राप्त प्रतिक्रियाले उत्साहित छौँ । दर्शकको प्रतिक्रियाको प्रतीक्षामा छु”, उहाँले भन्नुभयो ।