२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैले चाहँदैमा गठबन्धन भत्किँदैन– नारायणकाजी श्रेष्ठ



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कसैले चाहँदैमा गठबन्धन नभत्किने बताउनुभएको छ ।

सुर्खेत विमानस्थलमा बिहीबार बिहान पत्रकारहरुसँग उहाँले माओवादीको प्राथमिकतामा अहिलेको समीकरण बदल्ने नरहेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले प्रतिगमनलाई कुनै पनि हालतमा अगाडि बढ्न नदिने, राष्ट्रियताको रक्षा, समृद्धिको लक्ष्य र शान्ति प्रक्रियाको बाँकी कामलाई पूरा गर्ने गरी विश्वासको वातावरण बनेको अवस्थामा बाहिरबाट कसैले चाहेर पनि गठबन्धन नभत्किने बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यस्तो किसिमको परिस्थिति नबनेको खण्डमा माओवादी चाहेर वा नचाहेर केही पनि गर्न सकिन्न ।” सबै दललाई समेट्ने गरी पार्टी अगाडि बढ्न चाहेको तर गठबन्धन बदल्ने कुरा नरहेको उहाँले स्पष्ट गर्नुभयो ।

वर्तमान समीकरणलाई परिवर्तन गर्ने प्राथमिकता माओवादी केन्द्रमा नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सबै दलहरूलाई समेट्ने गरी अघि बढ्न चाहेका छौँ, प्रधानमन्त्री प्रचण्डलाई सबै पार्टीहरूबाट समर्थन प्राप्त भएको छ, त्यो हाम्रा लागि ऐतिहासिक परिघटना हो, अहिले मुलुकमा राष्ट्रिय सहमतिको स्थिति सिर्जना भएको छ, राष्ट्रपति चयन गर्दा पनि त्यो सहमतिको परिस्थितिलाई सम्बोधन गर्न उपयुक्त हुन्छ ।”