२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले अमेरिकालाई पठायो एसपीपी अघि नबढाउने पत्र



अ+ अ-

काठमाडौँ । सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा परासष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकालाई लिखित जानकारी दिएको जानकारी दिनुभयो ।

गत असार ६ गते मन्त्रिपरिषद्को बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो । यद्यपि सो निर्णयबारे अमेरिकालाई औपचारिक पत्र नपठाएको भन्दै संसद्मा सरकारको आलोचना भएको थियो ।

आजको बैठकमा परराष्ट्रमन्त्री खड्काले भन्नुभयो, “कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको सम्मानित सदनमा जानकारी गराउँछ, आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको हो ।”