५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाम–लोकतान्त्रिक शक्ति एकीकृत हुनु आवश्यक छः अध्यक्ष दाहाल



पुष्पकमल दाहाल प्रचण्ड
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र(का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताउनुएको छ । मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धि रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन आजको आवश्यकता भएको उहाँको भनाइ छ ।

मुस्लिम समुदायको पर्व बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिँदै अध्यक्ष दाहालले यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इस्लाम धर्मावलम्बीको यस पर्वले नेपाली जनसमुदायमा सामाजिक सहिष्णुताको भावना विकास गरी समुन्नत नेपाल निर्माणका लागि अग्रसर हुन प्रेरित गर्ने पनि उहाँले बताउनुभएको छ ।

समाजमा रहेका परम्परा, भाषा, धर्म र संस्कृतिले पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेको छ भन्दै अध्यक्ष दाहालले यस्ता चाडपर्वको सम्वद्र्धन र प्रवद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।




भर्खरै