१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार

संकटमा श्रीलंका : राष्ट्रपति भागे, प्रधानमन्त्रीले पद त्यागे

संकटमा श्रीलंका : राष्ट्रपति भागे, प्रधानमन्त्रीले पद त्यागे
अ अ+ अ-

कोलम्बो । दक्षिण एसियाको एक सुन्दर देश श्रीलंका अहिले ठूलो राजनीतिक संकटमा फसेको छ । आर्थिक संकट र राजनीतिक अस्थिरतामा फसेको श्रीलंकामा हिजो देखिएको अकस्मातको विद्रोहले देशलाई अन्ततः अकल्पनीय समस्यामा पारिदिएको छ । अवस्था यस्तो देखियो कि शनिबार यहाँका नागरिकले मुलुकको कार्यकारी प्रमुखलाई नै उसको कार्यालय कब्जा गरेर भगाउने अवस्थामा पुर्याए । हिजो यहाँका राष्टपति गोटबाया राजपाक्षेको निवासलाई घेरामा हालेर उनी भाग्नुपर्ने अवस्था ल्याएको दृश्यले देश कुन हरहालतमा पुगेको रहेछ भन्ने स्पष्ट हुन्छ ।

उता यहाँका प्रधानमन्त्री रनिल विक्रमासिंघेको पौडी पोखरी कब्जामा लिएर विद्रोही सर्वसधारणले पौडी खेलेका दृश्यहरुले यो देशमा अब के हुन्छ भन्ने प्रश्न मात्र जन्माइदिएको छ । त्यस घटनापछि शनिबार अकस्मात् पदबाट राजीनामा दिएका छन् । पार्टी बैठकमा प्रस्ताव गर्दा ‘तत्काल राजीनामा नदिन’ आग्रह गर्दासमेत उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री विक्रमासिंघेले आफ्नो राजीनामाले देशको समस्या समाधान हुन सहयोग पुग्छ भनेर आफूले पदत्याग गरेको बताएका छन् । ‘अब राष्ट्रपतिलाई समेत राजीनामा दिन मद्दत पुग्ने’ उनको विश्वास छ । श्रीलंकामा आर्थिकसँगै राजनीतिक संकट उत्पन्न भएको छ । आर्थिक संकटका कारण रुष्ट जनताको विरोधका कारण यसअघि तत्कालीन प्रधानमन्त्री महेन्दा राजापाक्ष पनि राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि रनिल विक्रमासिंघे प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री रनिल विक्रमासिंघेले ‘संसद्लाई श्रीलंका टाट पल्टिँदै गरेको’ बताएका छन् ।

राष्ट्रपति निवास छोडेर भागे

उता श्रीलंकाली राष्ट्रपति गोटबाया राजापाक्षेको राजीनामा माग गर्दै देशमा भएको प्रदर्शनले हिंसात्मक रूप लिएको छ । प्रदर्शनकारी राष्ट्रपति भवनभित्र पसेपछि राष्ट्रपति राजापाक्षे भागेका छन् ।

हजारौं आक्रोशित प्रदर्शनकारी प्रवेश गरेपछि श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्ष निवासबाट बाहिरिएका हुन् । शनिबार निवास बाहिर प्रदर्शन चर्किएपछि उनी सुरक्षित स्थानतर्फ प्रस्थान गरेको डेली मिरर दैनिकले जनाएको छ । राष्ट्रपति निवासको सुरक्षा स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै राजधानीका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ ।

यसअघि, आन्दोलनकारीले विरोध प्रदर्शन तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले  कर्फ्यू  नै जारी गरेको थियो । स्थानीय समयअनुसार शुक्रबार राति ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म आदेश कायमै रहने प्रशासनले जनाएको छ । यसरी दक्षिण एसियाको यो देश नराम्ररी राजनीतिक संकटमा फसेको छ ।