झापा । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आएका छन् ।
झापा जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली झापा आएका हुन् ।
उनी पार्टी विभाजन र प्रधानमन्त्री पदबाट हटेपछि पहिलोपटक गृहजिल्ला पुगेका हुन् ।
उनी भदौ २७ गते झापा आउने कार्यक्रम तय भएपनि विशेष कारणले दुई दिनलाई कार्यक्रम पछि सारिएको हो ।
कार्यक्रममा सहभागी पश्चात् अध्यक्ष ओली आजै दिउँसो २ बजे काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।











