९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरका विद्यालय असोज १ गतेबाट सञ्चालन हुने



अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी असोज १ गतेबाट विद्यालयहरू  सञ्चालन गर्ने भएका छन्। महानगरस्तरीय शिक्षा समितिको बैठकको निर्णयपछि महानगरभित्रका संस्थागत र सामुदायिक विद्यालय खुल्ने भएको हो। 

विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड कडाईका साथ अपनाउन निर्देशन दिँदै महानगरले सामुदायिक विद्यालयलाई मास्क र स्यानिटाइजर प्रदान गर्ने बताएको छ। 

कोभिड १९को प्रभाव कम हुँदै गएकाले स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय सञ्चालनको अनुमति दिएको महानगर शिक्षा शाखाका प्रमुख महेन्द्र बहादुर क्षेत्रीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी विद्यालय संचालन गर्नुपर्नेछ।’