१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

विद्यालयमा नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम

विद्यालयमा नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम
अ अ+ अ-

काठमाडौं ।  विद्यार्थीहरूमा अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउन विभिन्न सहकार्यकलाप तथा अतिरिक्त क्रियाकलाप  सञ्चालन गर्दै आएको दि एक्सेल्सियर स्कुलले यही भाद्र २७ र २८ गते नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम  गरेको छ ।  

कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले अन्तराष्ट्रिय मानवअधिकार समिति , संयुक्त राष्ट्रसंघीय वातावरण कार्यव्रmम र विश्व स्वास्थ्य सङ्गठन  गरी तीनओटा समितिहरूमा विभिन्न राष्ट्रहरूका प्रतिनिधिहरूको भूमिका निर्वाह गरेका थिए । मानवअधिकार समितिमा जातीयताले विश्वमा पारेको प्रभाव र यसको समाधानका लागि भएका प्रयासहरूको बारेमा छलफल गरेका थिए ।

संयुक्त राष्ट्र सङ्घीय वातावरणकार्यक्रममा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उपाय बारे गहन छलफल भएको थियो भने विश्व स्वास्थ्य सङ्गठन समितिमा विद्यार्थीहरूले विभिन्न देशका प्रतिनिधिहरूले वर्तमान कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य मापदण्डको पालना तथा खोपको प्रभावकारी वितरणका बारेमा छलफल गरी माहामारीको नियन्त्रणमा आगामी दिनमा गर्नुपर्ने कार्य बारे निर्णयमा पुगेका थिए ।

यसैगरी कक्षा ८ का विद्यार्थीहरूले नेपालको प्रतिनिधि सभाको नमुना अभ्यास गरेका थिए । उनीहरूले नेपालका राष्ट्रिय दलका सांसदहरूको भूमिका निर्वाह गरेका थिए । उनीहरूले वर्तमान कोरोना महामारीले नेपालमा पारेको बहुआयामिक असर र यसको न्यूनीकरणका विविध पक्षमाथि छलफल गरेका थिए । साथै उनीहरूले कोरोना महामारीमा सरकारले खेल्नुपर्ने भूमिकाका विषयमा पनि छलफल गरी निर्णय गरेका थिए । विषयवस्तु माथिको छलफल निकै रोचक थियो ।

सामाजिक अध्ययन विभागको समन्वयमा भएको कार्यक्रमको आयोजना र सञ्चालन कक्षा १० का विद्यार्थीहरूले गरेका थिए । उनीहरूले समितिमा सभापति, उपसभापति तथा महासचिवको भूमिकाका अतिरिक्त पत्रकार, कार्टुनिष्ट, फोटोग्राफरको भूमिका पनि निर्वाह गरेका थिए । वेवसाइट निर्माण गर्ने, समितिमा भएका छलफलका विषय र निष्कर्ष वेवसाइटका माध्यमबाट जानकारी गराउने, भिडियो निर्माण गर्ने कार्यमा उनीहरूको सक्रिय सहभागिता थियो ।

कार्यक्रममा विद्यार्थीहरूले गरेको कामको मूल्याङ्कन सामाजिक अध्ययन विषयको प्रयोगात्मक शीर्षक अन्तर्गत रहने जानकारी गराइएको थियो । विद्यार्थीहरूद्वारा विद्यार्थीका लागि आयोजना भएको यो कार्यक्रम निकै उपयोगी भएको बिद्यालयका प्रधानाध्यापक प्रशान्त रजकले बताउनु भयो । उहाँले भन्नुभयो "विद्यार्थीहरूमा नेतृत्व क्षमताको विकास, जल्दाबल्दा समसामयिक विषयको ज्ञान, तार्किक क्षमताको विकास, कुटनीतिक मर्यादाको पालना, समस्याको पहिचान तथा समाधानका उपायको खोजी गर्ने क्षमताको विकास जस्ता व्यवहारिक सिपहरूको विकास गरी उनीहरूलाई विश्व परिवेशमा परिचित गराउन यो कार्यक्रम निकै उपयोगी भयो ।"

कोरोना महामारीका बिच भर्चुअल माध्यमबाट सञ्चालन भएको यो कार्यक्रमको सफलताले विद्यार्थी तथा शिक्षकको भौतिक उपस्थितिविना पनि विभिन्न कार्यक्रमका माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण तथा व्यक्तित्व विकासका क्रियाकलाप गर्न सकिन्छ भन्ने सन्देश दिएको कार्यक्रमका संयोजक शिक्षक गोबिन्द गौतमले बताउनु भयो ।