विराटनगर । नेकपा एमालेका उपनेता सुवास नेम्वाङले सकारकार कारण बजेट होलिडेको अवस्थामा पुगेको बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यसअघि एमाले विभाजनका लागि हतार–हतार अधिवेशन अन्त्य गरेको तर समयमा नै बजेट पास गर्न सरकारले ध्यान नदिएको बताएका हुन् ।
उपनेता नेम्वाङले सभामुखको भूमिका पनि विभेदकारी भएका कारण आफूहरुले संसदमा विरोध जनाएको उल्लेख गरे ।
बजेट खर्च गर्न नसकिने अवस्थाको जवाफ सरकारले दिनुपर्ने उनको तर्क छ ।








