१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

पूर्वप्रम ओली निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा

पूर्वप्रम ओली निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा
अ अ+ अ-

रुपन्देही। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यबारे जानकारी लिनु भएको छ । बुटवलमा एमाललेले आयोजना गरेको कार्यक्रम पछि ओलीले निर्माणस्थलमा पुगि  आयोजना प्रमुख ई प्रवेश अधिकारी संग निर्माण अवस्थाको बारेमा जानकारी लिनुभएको हो ।

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ । कुल ६ अर्व ८२ करोड रुपैयाँको लागतमा निर्माण भैरहेको बिमानस्थलको हालसम्म८२ प्रतिशतकाम सम्पन्न भएको छ । विमानस्थल आयोजनाका अनुसार हालसम्म ३ हजार मिटर लामो धावनमार्ग, जहाजपार्किङ्ग गर्ने एप्रोन, सव वे, ट्याक्सी वे लगाएतका संरचनाहरु निर्माण पुरा भैसकेका छन ।

यसैगरि मुख्य टर्मिनलभवन, टर्मिनल टावर, ट्याक्सी पार्किङ्ग लगाएतका संरचनाहरु निर्माणको कामअन्तिम चरणमा पुगेको छ। आगामी डिसेम्बर ३० सम्म विमानस्थलका सम्पुर्ण निर्माणका काम सम्पन्न भैसक्ने र जनवरीमाअन्तराष्ट्रिय उडान भर्ने तयारी भै रहेको छ ।  सरकारले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थललाई  राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो ।