काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान अपवित्र गठबन्धन सरकार र व्यवस्थाको असफलतालाई पुनःपुष्टि गरेको उल्लेख गर्नुभएको छ ।
सामाजिक संञ्जालमा एक स्टाटस राख्दै थापाले समयमा बजेट पारित नभएकाले नेपालको ईतिहासमा पहिलोपटक देश बजेटविहिन (गभर्मेन्ट सटडाउन)को अवस्थामा पुग्नुले वर्तमान अपवित्र गठबन्धन सरकार र व्यवस्थाको असफलतालाई पुनःपुष्टि गरेको उल्लेख गर्नुभएको छ ।
थापाले लेख्नुभएको छ परिवर्तनको संवाहक भन्नेहरूले नै पटकपटक संघिय गणतन्त्रको चिरहरण गरेका छन्। पुनर्विचार गर्न ढिलो नगरौँ ।








