१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

एमाले कमजोर बनाउने खेल विरुद्ध एकजुट हुन अष्टलक्ष्मीको आग्रह (भिडियो सहित)

एमाले कमजोर बनाउने खेल विरुद्ध एकजुट हुन अष्टलक्ष्मीको आग्रह (भिडियो सहित)
अ अ+ अ-

काठमाडौ ।  नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले  एमाले कमजोर बनाउने खेल विरुद्ध एकजुट भएर लाग्न आब्हान गनुृभएको छ ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले भन्नुभयो "पार्टी नफुटेको छैन, २०५४ मा पार्टी फुट्यो। कम्युनिष्ट पार्टीमा फुट र जुटको इतिहास छ। नेकपा एमाले महासागर बनेको छ।’ कार्यकर्ता भेलालाई सम्बोधन गर्दे शाक्यले एकताको लागि १० बुँदे सहमति कार्यान्वयन गर्नको लागि कुनै जालझेल गर्न नहुने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘बलियो र विचारयुक्त नेकपा एमाले निर्माणमा लाग्नुपर्छ, सुदृढ नेकपा एमाले कसरी बनाउने भन्ने विषयमा हामी लाग्नुपर्छ। उहाँले माओवादी केन्द्रसँगको एकता गर्दा कम्युनिष्ट आन्दोलन रक्षाको लागि २०७५ जेठ ३ गते एकता गरे पनि पार्टी एकतापछि कमिटी बिहिन भएपछि अराजकता बढेको बताउनु भयो ।  

शाक्यले भन्नुभयो, ‘फागुन २३ गते सर्वोच्च अदालतले एकता अवैध भन्दै छुट्याइदियो। हामी एमालेमा फर्केपछि एमालेमा सजिलै फर्किन पाएनौँ। हामी लामो समय एमाले हुन सकिन। माओवादी आफ्नो पार्टीमा फर्किसकेको थियो।’  ‘हामी एमालेमै छौँ। हामीले दुख गरेको पार्टीमै छौँ।  एमाले विभाजन हुने पक्षमा छैनौँ। हामी कम्युनिष्ट पार्टीमा त्याग र विचार युक्त पार्टीको रूपमा लाग्नुपर्छ। १० बुँदे सहमतिमा इमान्दारपूर्वक कार्यान्वयन गरौँ। कुनै जालझेल नगरौँ। विभाजन गरेर कुनै फाइदा छैन’उहाँले भन्नुभयो ।

उहाँले  एमाले कुनै मनमुटावबिना हिजोको कुरा बिर्सिएर मन फराकिलो बनाउनुपर्ने सुझाब दिनुभयो । नेतृ शाक्यले भन्नुभयो हामीलाई संघमा दुई तिहाइको सरकार प्रदेश सरकारको नेतृत्व गरेका थियौँ। तर, कम्युनिष्ट पार्टीभित्रबाटै आन्दोलनलाई धुजा धुजा बनाउने खेल भयो।’