काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्माले आज उपरथी बालकृष्ण कार्कीलाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार रथी दर्जामा पदोन्नति हुनु भएका कार्कीलाई जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको हो ।
रथी दर्जामा पदोन्नति हुनुभएका रथी बालकृष्ण कार्की बलाध्यक्षमा नियुक्ति हुनु भएको छ ।
साथै वहाँलाई निमित्त बलाधिकृतको जिम्मेवारी समेत दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।












