१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

काठमाडौं महानगरपालिकाबाट २१ गणेश मन्दिरको पुननिर्माण सम्पन्न

काठमाडौं महानगरपालिकाबाट २१ गणेश मन्दिरको पुननिर्माण सम्पन्न
अ अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुननिर्माण सम्पन्न गरेको बताएको छ ।

शनिवार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले २१औँ गणेश मन्दिरको उद्घाटन गर्नु भयो  । इनाखास्थित मन्दिर उद्घाटनपछि काठमाडौं महानगरपालिकाका मेयर शाक्यले महानगरपालिकाको पहिलो उद्देश्य नै संस्कृति र सम्पदाको संरक्षण गर्नु रहेको बताउनु भयो । महानगर पालिकाले प्राथमिकताका साथ भूकम्पले क्षती पुगेका संरचनाको पुनर्निमाण गरिहेको बताउनुभयो । उहाँले काठमाडौं महानगरपालिका भित्र रहेका ३२ वटै वडाका पुरातत्विक तथा ऐतिहासिक कुराहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गरिहेको बताउनुभयो । 

मेयर शाक्यले काठमाडौं आउने पर्यटकहरुले काठमाडौं घुम्नका लागि र बुझ्नका लागि पनि ऐतिहासिक कुराहरु जोगाइरहनुपर्ने बताउनुभयो । उहाँले काठमाडौंका पुरातात्विक कुराहरुलाई जोगाउनु र पुनर्निर्माण गर्नु महानगरको दायित्व भएकोले पुनर्निर्माणमा दत्तचित्त भएर लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मेयर शाक्यले भन्नुभयो, ‘सांस्कृतिक शहर काठमाडौं महानगर भनेर घोषणा गरेका छौँ, त्यही अनुसार हामी निर्वाचित भइसकेपछि सबैभन्दा पहिलो प्राथमिकता यहाँको सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने र पर्यटनसँग जोड्ने हाम्रो सिद्धान्त हो, त्यही अनुसार हामील्े काम गर्दै गइरहेका छौँ, आज भर्खर हामीले इनाखास्थित महानगरपालिका भित्रका २१ व्टा गणेश मन्दिरहरुको उद्घाटन गर्यौं, नयाँ निर्माण भन्दा पनि भइरहेकालाई जोगाउने, संरक्षण गर्ने र आवश्यक स्थानमा नयाँ निर्माण गर्ने हाम्रो लक्ष्य हो, काठमाडौंबाट वर्षेनी लाखौँ मानिसहरु मन्दिर हेर्न भनेर बाहिर जान्छन्, यहाँका सांस्कृतिक पक्षमा चासो त्यति छैन, त्यसैले यहाँका लागि पनि राम्रो र हेर्न लायक साथै बाहिरबाट आउनेहरुले पनि यहाँको ऐतिहासिक कुराहरु बुझोस् भनेर भइरहेकालाई संरक्षण गर्नेमा महानगर लागि परेको छ, यस वर्षको बजेटमा पनि हामीले पहिलो प्राथमिकता पूर्वाधार, दोस्रो सम्पदा पुनर्निर्माणमा छ ।’

मेयर शाक्यले कतिपय स्थानमा पुरातत्व विभागसँग समन्वय हुन नसकेको र गुठिसँग समन्वय नहुँदा सम्पदा पुनर्निर्माणमा समस्या भइरहेको बताउनुभयो । उहाँले गुठिको नाममा धेरै सार्वजनिक जग्गा भएकोले महानगरलाई लिजमा दिन पनि आग्रह गर्नुभयो ।