९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा शेरवहादुर खड्का स्मृति प्रतिष्ठान सम्मानित



अ+ अ-

काठमाडौं । संविधान दिवस २०७८ को अवसरमा सम्माननीय राष्ट्रपतिबाट शेरवहादुर खड्का स्मृति प्रतिष्ठान सम्मानित भएको छ । नेपाली खेलकुद विशेष गरि राष्ट्रिय खेल महिला भलिबलको विकास र विस्तारमा पुर्‍याएको योगदानको कदर गदै प्रतिष्ठान जन सेवाश्री पदकले राष्ट्रपतिबाट विभूषित भएको हो । 

प्रतिष्ठान स्थानपना काल २०७० सालदेखिनै खेलकुद र सामाजिक कार्यमा सक्रिय रहदै आएको छ । प्रतिष्ठानले लगातार पाँचौ संस्कार सम्म राष्ट्रिय महिला भलिबल सम्पन्न गरि सकेको छ । खेलाडी तथा प्रशिक्षक सम्मानमा पनि प्रतिस्ठानले आफ्नो महत्वपूर्ण सहभागिता जनाउदै आएको छ । 

शेरवहादुर खड्का स्पेशल आवार्डबाट  राष्ट्रिय महिला खेलाडीलाई आर्कषक नगद पुरस्कार सहित प्रतिष्ठानले एक महिला खेलाडीलाई प्रत्येक बर्ष सम्मान गदै आएको छ । यस वर्ष पनि नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाहिलाई नगद ५० हजारले यहि हप्ता सम्मान गर्ने कार्यक्रम रहेको छ । प्रतिष्ठानले ६ जना महिला खेलाडीलाई छात्राबृति प्रदान गदै आएको छ । प्रतिष्ठानले यस बर्ष राष्ट्रिय महिला भलिबलको छैटौं संस्करण माघ महिनामा आयोजना लक्ष्य राखेको प्रतिष्ठानले जानकारी गराएको छ ।

तत्कालीन बालकोट गाउँ पञ्चायतमा लगातार १५ वर्ष प्रधान पञ्च हुँदै नेपाल किसान संगठनको भक्तपुर जिल्ला अध्यक्ष समेत भएर बालकोटको  पुलपुलेसो–बाटोघाटो,विद्यालय, बिजुलीबत्ती, खानेपानी लगायतका विकासको पूर्वाधार निर्माण महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वर्गिय खड्काकी धर्मपत्नी गमली खड्का संरक्षक रहनु भएको छ ।

उहाँको सुपुत्र भलिबलका राष्ट्रिय खेलाडी बैंकर प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले प्रतिस्ठानको गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गदै आउनु भएको छ ।