१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

जनादेशमा जान खोज्दा प्रतिगमन भयो भन्नु संविधानको मर्म र भावनाविपरीत: अध्यक्ष ओली

जनादेशमा जान खोज्दा प्रतिगमन भयो भन्नु संविधानको मर्म र भावनाविपरीत: अध्यक्ष ओली
अ अ+ अ-

काठमाडौं । नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान सर्वस्वीकार्य भएको बताउनुभएको छ । आइतवार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेकपा(एमाले)ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालको संविधान सर्वस्वीकार्य भएको बताउनुभएको हो ।

संविधान जारी गर्दाताका केही मतभेद भएको भएपनि अहिलेको अवस्थामा संविधान सर्वस्वीकार्य बनेको उहाँले बताउनुभयो । मधेशकेन्द्रीत दलहरुप्रति लक्षित गर्दै उहाँले नेपालको संविधानको निष्ठा र बफादारितका साथ सपथ खाइ लाभको पदमा पुग्ने र संविधानमा मतभेद कायम नै छ भन्ने दोहोरो नीति जनतालाई धोका दिने कुरा मात्रै भएको उहाँले बताउनुभयो । 

संविधान संशोधन गरी लिम्पियाधुरा, लिपुलेक र कालापानीको समेटिएको नेपालको नक्सा संविधानको अनुसूचीमा राख्ने बेला सर्वसम्मती भएको उल्लेख गर्दै उहाँले संविधानको आधारभुत प्रस्तावना, मुल्यमान्यता सही छन् भन्नेकुरामा सर्वस्वीकार्यता भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘अझैपनि संविधान दिवस नमनाउँ भन्ने कुरा अथवा संविधानमा हाम्रो मतभेद छ भन्नेकुरा अथवा संविधान मान्दैनौँ भन्नेकुरा यो जनतालाई धोका दिने कुरा मात्रै हो । त्यसो भन्ने हरेक नेताहरुले संविधानको सम्बन्धमा सपथ ग्रहण गरेका छन् । हरेकले नेपाली जनतामा सार्वभौमसत्ता रहेको नेपालको संविधान बिना सर्त स्वीकार गर्दै म यो सपथ ग्रहण गर्छु कसैले ईश्वर साक्षी राखेर भनेका होलान् । कसैले देश र जनता साक्षी राखेर भनेका होलान । हरेकले संविधानको सपथ खाएका छन् । 

अनि यस्तो दोहोरो नीति हुनु हुँदैन । एकातिर लाभको लागि संविधानको सपथ खाने, संविधान प्रतिको निष्ठा र बफादारिताको सपथ खाने । अरु भाषामा बोल्दा बुझ्दैनन् कि भनेर कहिले कहिले आफ्नै भाषामा सपथ खाने ता की आफ्ना आसपासका जनताले बुझुन् भनेरै होला । आफ्नै भाषामा सपथ खाने कुरा पनि बेस्सरी चल्यो एकपल्ट जिद्दी । त्यसरी सपथ खाने एकातिर, अर्कातिर सधैँ मतभेद कायम छ भन्ने नक्कली कुरा हो । अर्को संविधानको दोस्रो संशोधन जब हामीले लिम्पियाधुुरा, लिपुलेक र कालापानी क्षेत्र हाम्रो भुभाग हो । हामीले हाम्रो नक्सामा कायम गरेर राजनीतिक र प्रशासनिक नक्सा जारी ग¥यौँ ।

त्यसलाई संविधानको अनुसूचीमा भएको लोगोमा हामीले सामेल गर्नुपथ्र्यो । र त्यसको निम्ति संविधान संशोधन गर्नुपथ्र्यो । त्यो पनि हामीले सर्वसम्मतीले गरेका छौँ । अर्थात् यसमा संवैधानिक प्रश्नमा सर्वसम्म्ती देशमा बनेको छ । अब कसैले हिंसाको वकालत गरिरहेको छैन । कसैले पृथकतावादको वकालत गरिरहेको छैन । अथवा ठुला भिन्नता र मतभेदका विषयहरु बाँकी छैनन् । संविधानले गरेका आधारभुत प्रस्तावनाहरु, मूल्यमान्यताहरु सही छन् भन्नेकुरा सर्वस्वीकार्य बनेको छ ।’

अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउनका लागि असंवैधानिक, अलोकतान्त्रिक र गैर कानूनी क्रियाकलाप भएको भन्दै संविधानको रक्षा र कार्यान्वयनका लागि यस्ता क्रियाकलापले बाधा सिर्जना गर्ने बताउनुभयो । उहाँले सर्वोच्च अदालतप्रति लक्षित गर्दै संविधानको व्याख्याको नाममा संशोधन गरिएको आरोप पनि लगाउनुभयो । उहाँले संविधानमा स्पष्ट व्याख्या गरिएको कुरालाई उल्लंघन गरेर अर्को कुरा गर्नु व्याख्या नभइ संशोधन भएको तर्क गर्नुभयो । संविधान संशोधनको अधिकार संसदको दुई तिहाईलाई मात्रै भएको भन्दै उहाँले यस्तो काम अन्तैबाट हुनु खतरनाक भएको टिप्पणी गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘पार्टी फोड्ने, पार्टी फोड्नका लागि अनेक तमासा । अलोकतान्त्रिक, असंवैधानिक, गैर कानूनी, र अनैतिक खालका क्रियाकलाप पार्टी फोड्नका लागि गरिए । त्यो संविधानको रक्षाको सन्दर्भमा, कार्यान्वयनको सन्दर्भमा र यसलाई विकसित गर्दै अगाडी बढाउने सन्दर्भमा गम्भिर बाधाको रुपमा यि चिजहरु पैदा भएका छन् । जसप्रति हामी सजग, सतर्क हुनुपर्दछ । संविधानको व्याख्याको नाममा जे हुँदैछ । व्याख्या होइन, व्याख्याको नाममा संशोधन ।

संविधानमा नभएका चिज, भएका चिजको व्याख्या हुन्छ । संविधानमा स्पष्ट व्याख्या गरिएका चिजलाई उल्लंघन गरेर अर्कै चिज गर्नुलाई व्याख्या भनिदैन संशोधन हो । जसको अधिकार संसदको दुईतिहाईलाई मात्रै छ । अरुसँग छैन । तर अन्यत्रैबाट यस प्रकारका काम हुन थालेका छन् र राजनीतिक उद्देश्यमा ति प्रयोग हुन थालेका छन् । जुन खतरनाक कुरा हो देशका लागि ।’

अध्यक्ष ओलीले सरकारले संविधान दिवसको अवसरमा दिइने विभुषणहरु नेताका आफ्नो परिवार र नातागोता भित्रका मानिसहरुलाई दिइएको भन्दै तिखो आलोचना गर्नुभयो । संविधान दिवसको दिन सहिदका आमाबुबा, सहिदका सन्तान, घाइतेहरुले तक्मा पाउनुपर्नेमा नेताका श्रीमती र बुबाले तक्मा पाउनु बिडम्बना भएको उहाँको टिप्पणी छ । उहाँले सरकारले ७० दिनमा पनि पूर्णता पाउन नसकेको प्रति आलोचना गर्नुभयो । उहाँले भन्नुभयो – ‘७० दिनमा सरकारले पूर्णता पाउन सकेको छैन । कति हाइसञ्चो हेर्नुस् त । कति हाइसञ्चो । 

आज संविधान दिवस । यो संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने, यतिबेला जनताको पराक्रमी सन्तानले सम्मानित हुन पाउनुपर्ने । सम्मानित भएको अनुभुती गर्न पाउनुपर्ने । गर्व गर्नुपर्ने । बा लाई सम्मान । श्रीमतिलाई सम्मान । कस्तो बिडम्बना यस देशको कस्तो भोका जुकाहरु पुगेका छन् शासनमा ? लाज लाग्छ संविधान दिवसका दिन बोल्दा । संविधान दिवसका दिन त संविधान ल्याएकोमा, लोकतन्त्र पाएकोमा, यो सफलता पाएकोमा सहिदका सन्तानले गर्व गर्न पाउनुपर्ने ।

सहिदका आमा बाबुले गर्व गर्न पाउनुपर्ने । घाइतेहरुले सम्मानित हुन पाउनुपर्ने । आज त बाउको मुख हेर्ने दिन हो ? श्रीमतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ? कस्तो लालसा ? कस्तो भोक ? कस्तो आकांक्षा ?’

उहाँले नयाँ संविधान बनेपछि राजनीतिक परिवर्ननको लागि संघर्ष गर्नुपर्ने दिनको अन्त्य भएको उल्लेख गर्नुभयो । नेपालको परिवर्तनको लागि अब हिंसा आवश्यक र स्वीकार्य  छैन भन्ने स्पष्ट पारेको पनि उहाँको भनाई छ । अध्यक्ष ओलीले नेपाली समाजलाई स्थायित्व र समृद्धिको दिशामा अगाडी बढाउन संविधानले मार्गदर्शन गरेको बताउनुभयो ।