१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन
अ अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकको प्रमुख जात्रा इन्द्रजात्रा आज धुमधामसँग मनाइएको छ । 

भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोकामा शुरु भएको इन्द्रजात्राको आईतवार विधिवत रुपमा पूजा अर्चना गरेर मनाइएको हो । 

इन्द्रजात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उर्जामन्त्री पम्फा भुसाल, प्रधानन्याधीश, चोलेन्द्र समशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित अन्य सांसदहरुको उपस्थिती रहेको थियो । जात्रामा लाखेनाच, दशअवतार नाच, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाच लगायतका सांस्कृतिक झाँकी नाचहरुको प्रदर्शन गरिएको थियो । 

जात्राका अवसरमा राष्ट्रपति भण्डारीले गणेश, भैरव र देवताका सेनापति (कार्तिकेय) कुमारको रथमा दक्षिणा चढाइ यात्रा गराउने अनुमति दिनुभएपछि मात्रै रथयात्राको शुभारम्भ गरिएको थियो । 

आजको दिन विशेष देवताका राजा इन्द्रको पूजा गर्ने प्रचलन रहेको छ । काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा राजा प्रताप मल्लको पालामा शुरु गरेको बताइन्छ । 

इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले शुरु गरेका थिए । असोज ८ गते राती १०ः३६ बजे इन्द्रध्वज पतन गरेपछि इन्द्रजात्रा समाप्त हुन्छ । यो काठमाडौं उपत्यकामा मनाइनेमध्येको लामो जात्रा हो ।