गायिका मिलन नेवारको नयाँ गित 'जानी नजानी' सार्वजनिक (भिडियोसहित)

  

लुनिभा श्रेष्ठको शब्द, संगित सुनिल मास्के


काठमाडौं । गायिका मिलन नेवारको आवाजमा रहेको नयाँ गित 'जानी नजानी' को म्युजिक भिडियो सार्वजनिक भएको छ । गितमा शब्द लुनिभा श्रेष्ठको रहेको छ भने संगित सुनिल मास्केको रहेको छ ।

त्यस्तै गितको अरेन्ज सञ्जिव बराईलीले गरेका छन् भने मिक्सिङ् र मास्टरिङ् किशोर थापाले गरेका छन् । गितको म्युजिक भिडियोमा रुबिस्का श्रेष्ठ र समिर खनालको जोडदार अभिनय रहेको छ । उक्त म्युजिक भिडियोमा युवराज वाईबाको निर्देशन रहेको छ ।

सहायक निर्देशनमा लोमुस पौडेल रहेको छ । गितलाई आज (शुक्रवार) ओएस्आर डिजिटलको आधिकारिक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।