महासंघको निर्वाचनमा सहमतिको प्रयास जारी छः अध्यक्ष राणा

  

नेपाली उद्यमी, व्यवसायीको सबैभन्दा ठूलो छाता संस्था नेपाल उद्योग बाणिज्य महासंघ यतिबेला चुनावको संघारमा छ । नयाँ नेतृत्व चयनका लागि चाँडै वार्षिक साधारण सभा हुँदैछ, र त्यसमा वरिष्ट उपाध्यक्ष सहित अन्य पदहरुमा चुनाव पनि हुँदैछ । यो चुनावको सेरोफेरोमा महासंघका अध्यक्ष भवानी राणाले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै भन्नुभयो, सकेसम्म चुनावमा सहमति गराउने प्रयास जारी छ किनभने सबै उम्मेदवारहरु योग्य र सक्षम हुनुहुन्छ ।