भारतमा कोरोना संक्रमित ९० लाखभन्दा बढि, मृतक संख्या एक लाख नाघ्यो

  

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा मात्र ४५ हजार ८८२ नयाँ संक्रमित फेला परेका छन् । यो संगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९० लाख नाघेको छ ।

अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९० लाख चार हजार ३६६ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको हो । त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ३२ हजार १६२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट ५८४ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ८४ लाखभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।