सानोठिमीस्थित भैरव बहान गुल्ममा यसरी कुकुर पूजा गरिँदै (फोटोफिचर)

  

(तस्वीरः रत्न श्रेष्ठ/रासस)

काठमाडौँ । कुकुर तिहारको दिन शनिबार मध्यपुर थिमि–२ सानोठिमीस्थित भैरव बहान गुल्ममा कुकुर पूजा गरिँदै । यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ ।