थप २ हजार ९४२ लाई कोरोना संक्रमण पुष्टि

  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९४२ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १४ हजार ८ सय ७५ जनाको पिसिआर परिक्षणमा २ हजार ९४२ जनामा संक्रमण पुष्टि भएको हो । 

यीसहित नेपालमा संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ। 

त्यस्तै २ हजार ३२६ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको मन्त्रालयले जनाएको छ।