फेस सिल्डको व्यवस्था यात्रु आफैंले गर्नुपर्ने, बढी भाडा नलिन निर्देशन

  

काठमाडौं । सार्वजनिक सवारी साधन प्रयोग गर्ने यात्रुहरुले पनि अब फेस सिल्ड (भाइजर) लगाउनु  पर्ने भएको छ ।  

यातायात व्यवस्था विभागले आज एक सुचना प्रकाशित गर्दे  फेस सिल्डको व्यवस्था यात्रु आफैंले गर्नुपर्ने जनाएको छ । सरकारले चाडवाडलाई मध्यनजर गर्दै असाेज २६ गतेदेखि स्वास्थ्थ सुरक्षा मापदण्डको पालना गर्दै  पूर्ण सिट संख्यामा यात्रु राख्ने दिने निर्णय गरेको थियो ।  

यात्रु संख्या  बढेसंगै  भौतिक दूरी कायम नहुने अवस्था देखिएपछि विभागले फेस सिल्डको अनिवार्य व्यवस्था गरेको विभागका महानिर्देशक गोगन बहादुर हमालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख  छ । साथै विभागले पूर्ण रुपमा यात्रु बोक्न पाउने भएपछि तोकिएभन्दा बढी भाडा नतिर्न समेत यात्रु लाई सूचित गरेको छ ।  

हेर्नुहोस् यातायात व्यवस्था विभागको सूचना