नेपाली सेनाका पृतनापतिहरुको सम्मेलन सुरु, प्रधानमन्त्रीबाट सम्बोधन

  

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको पृतनापति सम्मेलनलाई सोमबार भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको छ ।

आज बाट सुरु भएको  सैनिक पृतनापतिहरुको सम्मेलनले  सेनाको आन्तरिक र बाह्य  सुरक्षाकाको अबस्थाको बिश्लेषण गरी सेनाका लागि नयाँ रणनीति तय गर्ने छ । 

सम्मेलनमा  सैनिक  मुख्यालयमा रहेका जर्नेलहरु स्वास्थ्य मापदण्ड पुरा गरेर सहभागी भएका छन् भने  उपत्यका बाहिर रहेका पृतनापतिहरु भर्चुअल रुपमा सहभागी भएका छन् । 

पृतनापतिहरुको सम्मेलन यस अघी नै आयोजना गरिएको भएपनिक कोभिड –१९ का कारण स्थगित भएको थियो ।