कति छ आज सुनको मूल्य ? हेर्नुहोस्

  

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । आज सुनको मूल्यमा बुधबारकै भाउ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२०० रहेको महासंघले जनाएको छ ।