घट्यो सुनको मूल्य, तोलामा कती ?

  

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यको घटेको छ । मंगलबार सुनको मूल्य तोलामा ५ सयले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ६ सय निर्धारण गरिएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२२५ रहेको महासंघले जनाएको छ ।