अमेरिकी कवयित्री लुइज ग्लकले जितिन् नोबेल साहित्य पुरस्कार

  

स्टकहोमः साहित्य तर्फ विश्व प्रसिद्ध नोबेल पुरस्कार यस वर्ष अमेरिकी कवयित्री लुइज ग्लकलाई प्रदान गरिने भएको छ ।

स्वेडिस एकेडेमीले ग्लकलाई कवितामार्फत व्यक्तिगत अस्तित्वलाई सार्वभौम बनाएको जनाएको छ ।  अमेरिकी समकालीन साहित्यमा कवयित्री ग्लक निकै सुपरिचित नाम हो ।

सन् १९४३ मा न्यूयोर्कमा जन्मिएकी ७७ वर्षीया कवयित्री ग्लक हाल म्यासाचुसेट्सको क्याम्ब्रिजमा बस्छिन् । लेखनबाहेक उनी येले युनिभर्सिटीमा अंग्रेजीकी प्राध्यापक पनि हुन् ।

उनले सन् १९६८ पहिलो कृति “फस्र्टबोर्न” प्रकाशन गरेकी थिइन् । उनका हालसम्म १२ वटा कविता संग्रह सार्वजनिक भइसकेका छन् । उनको सन् २००६ मा प्रकाशित कृति “अभर्नो” निकै समुन्नत र गहिराइयुक्त रहेको नोबेल एकेडेमीले जनाएको छ ।

सन् २०१६ मा अमेरिकी कवि बब डायलनले नोबेल पुरस्कार पाएयता साहित्यतर्फ पुरस्कार प्राप्त गर्ने उनी प्रथम व्यक्ति हुन् ।

यसअघि चिकित्सा शास्त्र, भौतिक शास्त्र र रसायत्र शास्त्र विधाका पुरस्कार घोषणा भइसकेका छन् ।

एजेन्सी