नविर्सिऔ,बिर्सनेहरुलाई

  

नेपालमा हाल करिब १ लाख ५० हजार मानिस यस रोगको शिकार भएको अनुमान


लेखक बास्कोटा नेपाल सरकारका पूर्ब सचिब तथा पूर्ब प्रमुख सुचना आयुक्त हुनहुन्छ

यो कुनै साहित्यिक लेखको शीर्षक होईन । बिशेषज्ञ चिकित्सक डा. निदेश सापकोटाले २७औं विश्व अल्जाइमर चेतना दिवसका उपलक्ष्यमा विस्मृति रोग बारे चर्चा गरौं र यस रोगका रोगीलाई स्याहार सुसार गरौं भन्ने अर्थमा व्यक्त गर्नु भएको भावना हो । हरेक वर्ष २१ सेप्टेम्बरलाई विश्व अल्जाइमर चेतना दिवसको रुपमा भनाईन्छ । साथै, सेप्टेम्बर महिनालाई अल्जाईमर मन्थ पनि भनिन्छ । सन् १९१९ मा विश्वमा ५० करोड मानिस अल्जाइमर पीडित रहेको अनुमान छ । यो संख्या आगामी सन् २०३० मा ८२ करोड र सन् २०५० मा १ अर्व ५२ करोड पुग्ने अनुमान छ । नेपालमा हाल करिब १ लाख ५० हजार मानिस यस रोगको शिकार भएको अनुमान छ । 
यसलाई बिस्मृति रोग पनि भनिन्छ । यो रोग लागेपछि शुरुमा मानिसले दैनिक जीवनमा प्रयोग हुने बस्तुको नाम बिर्सिन्छ । रोगले चापेपछि श्रीमतीले श्रीमान् र श्रीमान्ले श्रीमतीलाई नचिन्ने अबस्था आउछ । अन्त्यमा, रोगले पूरै गाजेपछि लुगामै दिशापिसाब झरेको समेत ज्ञात हुदैन । यसर्थ, यसलाई सामान्य बिर्सिने रोग भनेर हेलचक्याई गर्नु हुदैन । 
प्रस्तुत सन्दर्भमा ज्येष्ठ नागरिक विषय क्षेत्र हेर्ने मन्त्री पार्वत गुरुंगले सरकारले ज्येष्ठ नागरिकको पक्षमा स्वास्थ्य सेवा सहितको ज्येष्ठ नागरिक ग्राम निर्माणको कार्य अघि बढाएको, अल्जाईमर पीडितलाई रु १ लाख उपलव्ध गराउने गरिएको र ज्येष्ठ नागरिकका पक्षमा बिभिन्न काम भैरहेको बताउनु भएको छ । साथै, सचिब यमकुमारी खतिवडा बास्कोटाले पनि मन्त्रालय ज्येष्ठ नागरिकको मुद्धामा सम्बेदनशील रहेको कुरा जनाउनु भएको छ । 
अब प्रश्न उठछ, यस क्षेत्रमा के गर्नु पर्छ त ? पहिलो कुरा, अल्जाईमर रोग नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना निर्माण गरी अघि बढ्नु पर्छ । हामीले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि प्रत्येक अस्पतालमा जेरियाट्र्रिक वार्ड खडा गर्न ढिला गर्नु हुदैन । यस बिषयमा विज्ञ चिकित्सक उत्पादन गर्न छात्रबृत्ति दिन जरुरी छ ।  यस क्षेत्रमा एउटा राष्ट्रिय अस्पताल निर्माण गर्नुपर्छ । विश्व स्वास्थ्य संगठनको सहयोगमा ज्येष्ठ नागरिकको सेवाका लागि नर्स तथा प्यारामेडिक्सका लागि तालीम सञ्चालन भईरहेको छ । तर, यो अपर्याप्त छ । हाल, १६ वटा अस्पतालमा ज्येष्ठ नागरिक वार्ड खुलेको छ । यो पनि अपर्याप्त छ । यसैगरी, हामीले ज्येष्ठ नागरिकको लागि रु १ लाखको वीमा गरिदिएका छौं भने बिभिन्न ९ वटा अस्पतालबाट अल्जाईमरको उपचारका लागि रु १ लाख अनुदानको सिफारिश लिन सक्ने प्रबन्ध गरेका छौं । यी रकम कम छन् र प्रक्रिया झण्झटिला छन्, यिनलाई सरलीकृत गर्नुपर्छ । 
दोस्रो कुरा, यस विषयमा व्यापकरुपमा जनचेतना फैलाउनु पर्छ । एक सर्वेका अनुसार प्रत्येक ३ जनामा एक जनालाई बिस्मृति रोगबारे केहि पनि जानकारी नभएको पाईएको छ । जबकी, विश्वव्यापी अध्ययनका अनुसार प्रत्येक तीन सेकेण्डमा एक जना व्यक्तिलाई यो रोग लाग्ने गरेको अनुमान छ । यो रोग मूलतः पाका उमेरका नागरिकहरुमा लाग्ने भएता पनि कम उमेर समूहका व्यक्तिहरुमा पनि  यो रोगको लक्षण देखिन थालेको बिभिन्न अध्ययनले देखाएको छ । यसर्थ, कुनैपनि व्यक्तिमा विर्सिने क्रम बढदै गएमा त्यस्ता व्यक्ति प्रति हेय भावना नराखी स्याहार सुसार गर्ने, उपचार गर्ने र आदरभाव प्रकट गर्नु हाम्रो कर्तव्य हो भनी बभ्mन ढिला गर्नु हुदैन । 
तेस्रो कुरा, डिमेन्सिया रोग अर्थात् डिप्रेसन वा उदासिनताको मनोरोगीहरुलाई सडकमा समेत सहयोग पुर्याउने गरी स्वयमसेवक दस्ता खडा गर्नुपर्छ । मूलकुरा, हरेक घर परिवारले यस रोगबाट पीडित ज्येष्ठ नागरिकको उचित ख्याल गर्नुपर्छ । मस्तिष्कमा असामान्य प्रकारको प्रोटिन जम्मा भई मस्तिष्कका कोषहरूलाई क्षति पु¥याउँनाले अल्जाईमर हुन्छ । हाम्रो मस्तिष्कमा हुने असंख्य स्नायु कोषहरु उमेर ढल्किदै जादा क्रमशः ह्रास हुदै जानु स्वभाविकै हो । यसले सोच्ने, सम्झने, निर्णय गर्ने तथा दैनिक गर्नु पर्ने कामको क्षमतामा निकै असर पार्छ । यस स्थितिमा हामीले बुढा मात्तियो, बुढी बौलाई भन्ने जस्ता आरोप लगाउने गरिन्छ । ठीक यस्को बिपरित बिर्सिएको कुरा संझाई दिएर सहयोग गर्नुपर्छ । यो आम नागरिकको कर्तव्य हो । 
चौथो कुरा, यसरी अल्जाईमर रोगको उपचारमा प्रत्यक्ष सम्पर्क रहने निकाय वा सम्पर्क बिन्दू तोकिईनु पर्छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका वर्तमान अध्यक्ष मदनदास श्रेष्ठ र निबर्तमान अध्यक्ष डा. गौरीशंकर लाल दासको अनुभवमा ज्येष्ठ नागरिकहरु सामाजिक, आर्थिक र स्वास्थ्य सुरक्षा लगायत राज्यबाट प्राप्त हुनुपर्ने सेवा सुविधाबाट बञ्चित रहेका छन् । उनीहरू अन्य समूहको तुलनामा पीडित, कुण्ठित र दयनीय अवस्थामा गुज्रिएका छन् । यसर्थ, ज्येष्ठ नागरिकमा बिरक्तिको भाव पैदा भई विर्सने रोगले सताउने गरेको छ । जस्को निवारणका लागि सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालीन रणनीति तथा कार्यक्रम तय गर्र्नुपर्छ । 
पाचौ कुरा, हामीले अन्तर्राष्ट्र्यिस्तरमा व्यक्त गरेको प्रतिबद्धता पूरा गर्नुपर्छ । यस बमोजिम मेरोरी क्लिनिक संचालनमा ल्याउनु पर्छ । स्कूल र कलेजको पाठ्यपुस्तकमा बृद्ध अबस्थामा जीउने कला र ज्येष्ठ नागरिकप्रति गरिने सम्मानका विषय समावेश गर्नुपर्छ ।  घर परिवारले ज्येष्ठ नागरिकको हेरचाह गर्ने तालीम दिनुपर्छ । रिभेम्बर मी अर्थात् मलाई संझ अभियान संचालन गर्नुपर्छ ।
छैठौं कुरा, अल्जाईमरको माईल्ड स्टेज, मोडरेट स्टेज र सिभिर स्टेट अनुसार फरक फरक उपचार बिधिको मापदण्ड तय गर्नुपर्छ । अल्जाईमर रोग बारेमा जनमानमा ठूलो भ्रम र अज्ञानता बिद्यमान रहेकोले जनचेनतामूलक कार्यक्रम संचालन गर्न जरुरी छ । यसर्थ, नेपाल सरकारले आधुनिक चिकित्साका अलावा आयुर्बेदिक, होमियोप्याथिक, युनानी, अक्कुपन्चर, आम्ची र प्राकृतिक चिकित्सा जस्ता बैकल्पिक उपचार पद्धतिको अनुसन्धान, विकास र उपयोगमा पनि जोड दिनुपर्छ । 
सातौ कुरा, ज्येष्ठ नागरिकलाई शारिरिकरुपमा तन्दुरुस्त राख्ने प्रयास गर्नुपर्छ । यस्का लागि ज्येष्ठ नागरिकलाई मल्टी भिटामिन खुवाउन सकेमा र समुचित आदरपूर्ण वाताबरणमा राख्न सके बिर्सन रोगबाट धेरै हदसम्म त्राण पाउन सकिनेछ । यर्थाथमा, ज्येष्ठ नागरिकको वहुमूल्य ज्ञान, सीप र अनुभवलाई समग्र समाज र राष्ट्रको हितमा  परिचालन गर्नुपर्छ । जस्का लागि ज्येष्ठ नागरिकलाई आर्थिक सुरक्षाका साथै आत्मनिर्भरताको लागि सीपमूलक तालिम दिनुपर्छ ।
आठौं कुरा, जर्मन नागरिक एल्वाइ अल्जाइमरको नामबाट आरम्भ भएको यस विर्सने रोग पुस्तौनी वा बंशाणुगत पनि हुन सक्तछ । निराशा, कुष्ठा, असन्तुष्टि, रिसले पनि संझने शक्ति क्षिण हुदै जान्छ । यस अबस्थामा विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम उपचार गर्न सकिन्छ । यसर्थ, सरकारले निशुल्क उपचारको प्रबन्ध गर्नुपर्छ ।
नवौं कुरा, यस रोग लागेपछि आफ्नो रुचि भएको क्रियाकलापमा पनि चांख नलिने स्वभाव देखापर्छ । कुन समयमा कुन पोषाक लगाउने भन्ने कुराको पनि हेक्का रहदैन । यो नै यस रोगको प्रमुख लक्षण हो । यस अबस्थामा उनीहरुलाई आप्mना मित्रहरूसंग भेटघाटको वातावरण मिलाई दिनुपर्छ ।

गीत, संगीत सुन्ने, योग व्यायाम गर्ने, ध्यान गर्ने जस्ता क्रियाकलापमा प्रोत्साहित गर्नु पर्दछ । यस्का लागि नियमित व्यायम र योग गर्नुपर्छ । सधै शान्त र प्रफुल्ल रहने कोशिस गर्नुपर्छ । मदिरा सेवन गर्नु हुदैन । धुम्रपान गर्नु हुदैन । प्रशस्त पानी पिउनु पर्छ । खनिजयुक्त पोषिलो खाना खानुपर्छ । 
दशौं कुरा, अल्जाइमर रोग सबैलाई लाग्न सक्छ ।  यस्ले धनी गरिब भन्दैन, नत्र सुन्दर वा कुरुप । यसैगरी यो रोगले निर्बल वा बलशाली, उच्च पदस्थ वा सामान्य मानिस, बिद्धान् वा अनपढ सबैलाई आप्mनो शिकार बनाउछ । यसर्थ, हामी सबैले यो रोग लाग्ने सम्भावना कम गर्नसकिने उपायको पहिचान गरी होसियारी अपनाउनु नै सर्बाधिक बुद्धिमानी हो । यस रोगमा नभएको कुरा सुन्ने (श्रवण विभ्रम) र नभएका कुरा देख्ने (दृष्टि विभ्रम) समेत हुन्छ । यसबाट मिथ्या विश्वास भ्रांति हुन्छ । जस्तो डोरीलाई सर्प भन्ठान्ने अबस्था आउछ । अल्जाइमरको बिरामीलाई आफु कुनै पीडा बोध हुदैन । तर, परिवारले निकै दुख भोग्नु पर्ने हुन्छ । यसर्थ, हामी सबैलै समयममै साबधानी अपनाउनु नै यस रोगबाट बच्ने उपाय हो ।
०००