४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने व्यापारी पक्राउ

  

उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाइ सिफारिस


काठमाडौं ।  प्याज कालो बजारी गर्ने एक जना पक्राउ भएका छन् । बल्खु तरकारी बजार होलसेलको एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक पक्राृ परेका हुन् । 

बुधबार बिहान काठमाडौं महानगरपालिकाले बल्खु तरकारी बजार अनुगमनका क्रममा प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १ सय २० मा बेच्ने सञ्चालक सुनिल केसीलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले  पक्राउ गरेको हो । व्यापारी केसीका दुई वटा पसलको गरेर २ सय १९ बोरा प्याज सिल गरिएको छ। 

व्यापारीलाई भने उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाइ सिफारिस गरिएको छ।