आज सुनको मूल्य बढ्यो, हेर्नुहोस् ! कतिमा भइरहेको छ कारोबार

  

काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्य प्रतितोला ९६ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य ९७ हजार रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १३२० मा कारोबार भएकोमा आज तोलामा २० रुपैयाँ बढेर १३४० कायम गरिएको महासंघले जनाएको छ ।