भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीकाे निधन, प्रधानमन्त्रीद्वारा समवेदना प्रकट

  

नयाँदिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा नयाँदिल्लीमा निधन भएको छ । कोरोना भाइरसबाट संक्रमितसमेत बनेका मुखर्जीको सोमबार दिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको हो ।

गत मंगलबारदेखि नै मुखर्जीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो । मंगलबार रात उनलाई भेन्टिलेटरको सहायतामा राखिएको थियो । उनका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्विटरमार्फत् उनको निधन भएको पुष्टि गरेका हुन् ।

भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ट सदस्य समेत रहेका मुखर्जीकाे भारतीय राजनीतिमा लामाे अनुभव थियाे ।

उनी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए । उनी सन् २००९ देखि २०१२ सम्म रक्षामन्त्री र सन् २००४ देखि २००६ सम्म विदेशमन्त्री थिए ।

नेपालका प्रधानमन्त्रीद्वारा समवेदना

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्व राष्ट्रपति मुखर्जीकाे निधनप्रति गहिराे दुःख व्यक्त गर्नु भएकाे छ ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै नेपालले एक सच्चा मित्र गुमाएकाे तथा नेपाल - भारत सम्बन्धलाइ सुदृढ तुल्याउन मुखर्जीले गर्नु भएकाे प्रयास सधैं स्मरणीय रहने बताउनुभएकाे छ ।