शंकर अर्यालको कविता

  

नेपाली नागरिक हामी
समझदारी गरौँ अब
कोरोना महामारीमा
संवेदनशील बनौँ अझ

कोरोना रोगको बेला
देश नै छ विपत्तिमा
हामी छौँ सब आक्रान्त
जनता जति घरमा

निस्कन कोही मिल्दैन
सक्दछ रोग लागन
स्वास्थ्यकर्मी सहारा छन्
कसैलाई रोग लागेमा

स्वास्थ्य कर्मी नि मानिस हुन्
उनीलाइ नि रोग लाग्दछ
उनका नि परिवार छन्
सबको माया लाग्दछ

तैपनि ती डटेका छन्
आफ्ना कर्तव्य मार्गमा
‌नगरी आफ्नो पर्वाह
दिनरात अस्पतालमा

सबले माया गर्नु पर्छ
उत्साह दिनुपर्दछ
घृणा हेला गर्ने होइन
संमान गर्नु पर्दछ

नभए अस्पतालैमा
डाक्टर र नर्स ता
उपचार कसरि हुन्छ
बुझिदिउँ यति ता कुरा

सारा अभावका बीच
खटिएका छन् उनीहरु
स्वास्थ्य कर्मी नभइ हुन्न
ठिक हुन्नन् बिरामीहरु

त्यसैले नगरौँ गाली
प्रोत्साहन हामीले गरौँ
उपचार गर्नेलाई
संमान हामीले दिउँ