सैनिक कल्याणकारी कोषबाट राजश्वमा रु ४५ करोड योगदान (विस्तृत विवरण सहित)

  

काठमाडौँ । सैनिक कल्याणकारी कोषले गत आर्थिक वर्ष २०७६-७७ मा रु ४५ करोड राजश्वमा योगदान दिएको छ । उक्त कोषद्वारा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय संस्थामा रहेको कोषको निक्षेपबाट आर्जित ब्याजको आम्दानी करवापत राजश्व बुझाएको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिनए । 

मुलुकका क वर्गका विभिन्न बैंकमा उक्त कोषको रु ४५ अर्ब ८६ करोड ८० लाख नगद मौज्दात निक्षेप छ । कोषको यथार्थ सम्पति भने हाल रु ५१ अर्ब ६१ करोड चार लाख पुगेको छ । केही वर्षअघिसम्म कोषको रु ८५ करोड निक्षेप जोखिममा रहेकामा अहिले घटेर रु पाँच करोड दुई लाख ६६ हजारमा झरेको छ ।

कोष र अन्तर्गतका निकायको फछ्र्यौट गर्न बाँकी बेरुजु अब रु सात करोड ४३ लाख ९४ हजार रहेको जानकारी दिइयो । उक्त कोषको गत आर्थिक वर्षमा १२ करोड ७० लाख २३ हजार बेरुजु फछर्यौट भएको थियो ।

 

सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित गतिविधिहरुको

समष्टिगत विवरण

परिचय

१.    नेपाली सेना शान्ति स्थापना कार्यको लागि संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति सेनामा सहभागी भए वापत प्राप्त करिब रु.१ करोड २४ लाख १ हजारबाट वि.सं.२०३२ सालमा सैनिक कल्याणकारी कोष को स्थापना भएको हो। बहुजन हिताय, बहुजन सुखाय आदर्श वाक्य रहेको कोषबाट नेपाली सेनाका बहालवाला, अ.प्रा. सैनिक तथा तिनका आश्रित परिवारहरुलाई स्वास्थ्य, शिक्षा, सहुलियत ऋण, आर्थिक राहत र आवास तथा विमा जस्ता कल्याणकारी कार्यहरु सञ्चालन हुँदैरहेका     छन् ।

 .   कोषको सञ्चालन व्यवस्था

(क)   सैनिक कल्याणकारी कोष सैनिक ऐन, २०६३ तथा सैनिक कल्याणकारी कोष नियमावली २०६५ अन्तर्गत सञ्चालित छ ।

(ख)   सैनिक ऐनमा व्यवस्था भए अनुसार कोषको संरक्षकमा सम्माननीय प्रधानमन्त्रीज्यू र सह-संरक्षकमा माननीय रक्षामन्त्रीज्यू रहने व्यवस्था छ ।

(ग)   कल्याणकारी कोषको सञ्चालन सैनिक ऐन, २०६३ को दफा २९ (३) मा व्यवस्था भए बमोजिम प्रधान सेनापतिज्यूको अध्यक्षतामा ७ सदस्यीय  कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति रहने व्यवस्था छ ।

(घ)   सैनिक ऐन, २०६३ ले सैनिक कल्याणकारी कोषले सञ्चालन गर्न पाउने कार्यहरुलाई निम्न बमोजिम तीनवटा खण्डमा स्पष्ट विभाजन गरेको र सैनिक कल्याणकारी कोषका सम्पूर्ण गतिविधिहरु सोही सिमा भित्र रहेर सञ्चालन भएका छन् :

(१)   "कल्याणकारी कार्य" : बहालवाला तथा भूतपूर्व सैनिक व्यक्ति र तिनका परिवारको हितको लागि बिमा, औषधोपचार, स्वास्थ्य, छात्रवृत्ति, आवास उपलब्ध गराउने तथा क्यान्टिन सञ्चालन गर्ने कार्य सम्झनु पर्छ र सो शब्दले विद्यालय तथा महाविद्यालय स्थापना गरी सञ्चालन गर्ने कार्यलाई समेत जनाउँछ ।

(२)   "कल्याणकारी योजना" : कल्याणकारी कार्यमा सहयोग पुर्याउने आयमूलक कार्य सम्झनु पर्छ र सो शब्दले नेपालमा स्थापना हुने पूर्वाधार एवम् सेवामूलक परियोजना, वित्तिय संस्था तथा उद्योग व्यवसायमा तोकिएको आधारमा ऋण वा सेयर लगानी गर्ने कार्यलाई समेत जनाउँछ । तर यस्तो लगानी प्रवर्ध्दकको रुपमा हुने छैन ।

(३)   "आयमूलक कार्य" : कल्याणकारी कार्यमा सहयोग पुर्याउन प्रचलित कानून बमोजिम अनुमति प्राप्त गरी कुनै संस्थामा लगानी गरी आय आर्जन गर्ने कार्य सम्झनु पर्दछ ।

.    सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बनावट निम्नानुसार रहेको छ:

(क)   प्रधान सेनापति ................................................................‍.........................      अध्यक्ष

(ख)   संरक्षक (प्र.म.) बाट बहालवाला र भूतपूर्व सैनिक अधिकृत मध्येबाट मनोनीत दुई जना...... सदस्य

(ग)   प्रधान सेनापतिबाट बहालवाला र भूतपूर्व सैनिक अधिकृत मध्येबाट मनोनीत दुई जना..........     सदस्य

(घ)   प्रतिनिधि अर्थ मन्त्रालय (रा.प.प्रथम श्रेणीको अधिकृत).......................................      सदस्य

(ङ)   प्रतिनिधि रक्षा मन्त्रालय (रा.प.प्रथम श्रेणीको अधिकृत) ....................................      सदस्य

 

 

 

 

 

समितिको काम, कर्तव्य र अधिकार

.           कोषको कार्यकारी निकायको रुपमा रहेको कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति को प्रमुख कार्यमा कल्याणकारी कार्य, आयमक कार्य एवम् कल्याणकारी योजना तर्जुमा, कार्यान्वयन, समन्वय तथा अनुगमन लगायत आवश्यक नीति निर्देशन प्रदान गर्ने रहेको छ ।

कोष व्यवस्थापन

.    सैनिक कल्याणकारी कोषमा मौज्दात रहेको रकम नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबाट जारी हुने नीति निर्देशन अनुसार नेपाल राष्ट्र बैंकद्वारा बर्गको ईजाजत प्राप्त गरेका बाणिज्य बैंकहरुमा व्याजदरको प्रतिस्पर्धा गराई कोष सञ्चालन तथा व्यवस्थापन समितिले स्वीकृत गरेको निक्षेप नीतिको अधिनमा रह लगानी गर्ने गरिएको  छ ।

निक्षेप नीति

.    सैनिक कल्याणकारी कोषमा मौज्दात रकम विभिन्न बाणिज्य बैंकहरुलाई निक्षेप उपलब्ध गराउदा सम्बन्धित बैंकको पूँजी पर्याप्तता, कर्जा तथा लगानीको गुणस्तर स्थिति, व्यवस्थापन, सञ्चालन नतिजा, तरलता तथा बजार संवेदनशिलता -Capital, Assets, Management,Earnings, Liquidity and Market Sensitivity-CAMELS Rating)का स्थिति समेतलाई अध्ययन गरी प्राथमिकता वर्गीकरण गर्ने र सोही वर्गीकरणका आधारमा उपलब्ध गराउन सकिने अधिकतम निक्षेप सीमा तोकी सोही सीमाको अधीनमा रही कोषको रकम निक्षेप उपलब्ध गराउने गरिएको छ भने बर्गका विकास बैंक र बर्गका बित्त कम्पनीहरुलाई हाल निक्षेप उपलब्ध गराइएको छैन ।

कोष सञ्चालनमा ऐन, नियमको व्यवस्था

.           कोष सञ्चालनको पारदर्शीतालाई उच्च प्राथमिकता दिई सैनिक ऐन, २०६३सैनिक कल्याणकारी कोष नियमावली २०६५ द्वारा व्यवस्था गरेको कार्यको पालना गर्ने गरिएको छ । यसको साथै कोषको आन्तरिक लेखापरीक्षण तथा महालेखा परीक्षकको कार्यालयबाट नियमित रुपमा लेखापरीक्षण गर्नुको साथै सम्माननीय प्रधानमन्त्रीज्यू, व्यवस्थापिका संसद राज्य व्यवस्था समिति र रक्षा मन्त्रालयमा बार्षिक प्रतिवेदन पेश गर्ने व्यवस्था रहेको छ ।

कोषको कार्य सञ्चालनको पारदर्शीता

.    सैनिक कल्याणकारी कोषबाट सञ्चालन भएका कल्याणकारी गतिविधिहरु र कोषको आर्थिक अवस्थाबारे कोषका हिताधिकारीहरु एवम् सरोकारवालाहरुलाई जानकारी गराउने उद्देश्यले वार्षिक रुपमा कोषको मुखपत्रको रुपमा कल्याणकारी दर्पण प्रकाशित गर्ने, नियमित रुपमा आन्तरिक परिपत्र गर्ने, सिपाही पत्रिकामा कोषका गतिविधि प्रकाशन गर्ने, गोजी पुस्तिका मार्फत हिताधिकारीहरुलाई जानकारी गराउने, वेभ साइट मार्फत सूचना प्रवाह गर्ने, भू.पू.सैनिक सम्मेलनको समयमा जानकारी गराउनुको अतिरिक्त कल्याणकारी गतिविधिहरु सम्बन्धी सम्पूर्ण हिताधिकारीहरुलाई समयमा थप सुसूचित गर्न Mobile Apps को विकास गरिएको छ

कोषको आयस्रोत

.    संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाली सेनाले भाग लिए वापत प्राप्त हुने रकम नै कल्याणकारी कोषको मुख्य आयस्रोत हो । यसका अतिरिक्त सैनिक ऐन, २०६३ को व्यवस्था बमोजिम विविध आय स्रोतहरु रहेका छन्

मुख्य आयस्रोत

  • शान्ति सेनामा भाग लिए वापत प्राप्त हुने रकम,
  • बैंक तथा वितिय संस्थाहरुमा निक्षेप गरिएको रकमबाट प्राप्त हुने व्याज,
  • नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, विद्यालय/महाविद्यालयहरुको शिक्षण शूल्क,

बिविध आयस्रोत

  • परिवार आवास भाडा वापत प्राप्त हुने रकम,
  • आयमूलक परियोजनाबाट प्राप्त रकम,
  • MSA (Mission Subsistence Allowance)प्राप्त गर्नेहरुबाट प्राप्त हुने ५ प्रतिशत रकम,
  • विदेशी मुद्रा सटही प्रिमियममेडिकल सेवा उपलब्ध गराए वापत प्राप्त शुल्क

सैनिक कल्याणकारी कोषको बर्तमा स्थिति

१०.   आर्थिक बर्ष २०७६/ मा मुलुकको अर्थतन्त्रलाई विश्वव्यापि महामारीको रुपमा फैलिएको COVID-19 को कारणले नकरात्मक असर पारेता पनि सैनिक कल्याणकारी कोषको समग्र आर्थिक गतिविधिहरु उल्लेख्य रुपमा सन्तोषजनक रहेको    छ । कोषको नगद मौज्दात २०७ आषाढ मसान्तमा रु.३८ अर्व ५७ करोड ६१ लाख रहेकोमा यस वर्ष ऐतिहासिक रुपमा १८.९० प्रतिशत अर्थात रु. अर्व २९ करोड १९ लाखले अभिबृद्धि भई रु. ४५ अर्व ८६ करोड ८० लाख पुग्न गएको छ । विभिन्न निकायहरुमा २०७ आषाढसम्म गरिएको लगानी रु. ५ अर्व ७४ करोड २४ लाख (लेखापरीक्षण अगावै) लाई समेत समाबेश गर्दा कोषको यथार्थ सम्पत्ति रु. ५१ अर्व ६१ करोड लाख पुग्न गएको छ ।

समस्याग्रस्त  वित्तिय संस्थाहरुसँगको निक्षेप असुली

११.       विगतका वर्षहरुमा सैनिक कल्याणकारी कोषको करिब रु. ८५ करोडको हाराहारिमा निक्षेप जोखिम रहेकोमा प्रभावकारी व्यवस्थापन एवम् निक्षेप नीति अबलम्वन गरिएकोले हाल उल्लेख्य रुपमा घट्न गई यस्तो सांवा रकम रु. ५ करोड २ लाख ६६ हजार मात्र रहेको छ ।  

कोषको लेखापरीक्षण

१२.   सैनिक ऐन, २०६३ तथा सैनिक कल्याणकारी कोष नियमावली, २०६५ अनुसार सैनिक कल्याणकारी कोषको अन्तिम लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयबाट गर्नुपर्ने प्रावधान अनुरुप आर्थिक बर्ष २०७५/ सम्म म.ले.प.को कार्यालयबाट लेखापरीक्षण सम्पन्न भइसकेको छ । यसै गरी आर्थिक बर्ष २०७६/ को तेस्रो चौमासिकसम्मको आन्तरिक लेखापरीक्षण भइरहेको छ ।

बेरुजु फछ्र्योटको स्थिति

१३.   महालेखापरीक्षक कार्यालयको ५ औं बार्षिक प्रतिवेदन अनुसार कोष र अन्तर्गतका निकायहरुको फछर्यौट गर्न बाकी बेरुजु रु.२० करोड १४ लाख १७ हजार रहेकोमा २०७ आषाढ सम्म रु.१२ करोड ७० लाख २३ हजार (६३.०६ प्रतिशत) फछर्यौटको जानकारी प्राप्त भएको छ । बाँकी बेरुजु रु. ७ करोड ४३ लाख ९४ हजार छर्यौट गर्ने गराउने कार्य भइरहेको छ ।

कल्याणकारी योजना तर्जुमाका आधारहरु

१४.   सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित कल्याणकारी कार्यहरुको पुनरावलोकन एवम् नयाँ सुविधाहरु थपघट गर्दा सबै हिताधिकारीहरुको सहभागिता गराउने उद्देश्यले निम्न क्षेत्रहरुलाई प्रमुख आधारमानि रायसुझाव तथा प्रतिक्रिया संकलन गर्ने र यसरी प्राप्त सुझावको आधारमा आर्थिक रुपमा संभाव्य र दिगो हुने कार्यक्रमहरु छनौटगरी योजना तर्जुमा गरिएको :

()   प्रधान सेनापतिको कमाण्ड मार्ग निर्देशन,

()   नेपाली सेनाको कल्याणकारी सोच (Welfare Vision),

()   जंगी अड्डाले समय समयमा बहालवाला तथा अबकास प्राप्त सकलदर्जाहरुसँग गर्ने गरेको अन्तरक्रिया एवम् छलफलको क्रममा प्राप्त हुन आएका रायसुझावहरु,

()   विभिन्न समयमा सञ्चालन गरेका भूतपूर्व सैनिक सम्मेलन तथा पुर्नमिलन कार्यक्रममा प्राप्त भएका रायसुझावहरु,

()   विभिन्न समयमा जङ्गी अड्डाले पत्राचार मार्फत सकलदर्जाहरुबाट संकलित सुझावहरु एवम् अन्य स्रोतहरुबाट प्राप्त रायसुझावहरु,

()   साविक देखि सञ्चालन हुँदै आइरहेका कल्याणकारी कार्यहरु

नेपाली सेनाको कल्याणकारी अवधारणा

१५.   सैनिक कल्याणकारी कार्यक्रमको पहुँच तथा प्रभावकारीता अभिवृध्दि गर्ने लक्ष्य सहित जारी गरिएको प्रधान सेनापति कमाण्ड मार्ग निर्देशन-२०७५ ले निर्दिष्ट गरेको लक्ष्य हाँसिल गर्न एवम् सम्बन्धित बिषयका विज्ञहरु समावेश भएको टोलीबाट नेपाली सेनाको कल्याणकारी सोच (Welfare Vision) को मस्यौदा तयार गरी कार्यान्वयनमा ल्याइएको छ । नेपाली सेनाको Vision-२०३० मा समाविष्ट गर्ने लक्ष्य सहित तयार गर्न लागिएको नेपाली सेनाको कल्याणकारी सोच (Welfare Vision) ले नेपाली सेनामा विद्यमान कल्याणकारी सुविधाहरुलाई विकेन्द्रित, पारदर्शी, परिणाममुखी र आत्मनिर्भर बनाउँदै हिताधिकारीहरुको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, सीप र स्व:रोजगार तथा सुविधा र सहुलियत समेत गरी ४ अभियान सञ्चालनमा रहेका छन् ।

१६.   नेपाली सेनाको कल्याणकारी सोचमा समावेश गरिने ४ अभियान अन्तर्गतका अल्प, मध्यम र दीर्घकालीन योजनाहरुको सफल कार्यान्वयन गर्न कोषका सम्पूर्ण हिताधिकारीहरुका अतिरिक्त नेपाल सरकार, नेपाली समाज, नेपाली सेनाका बहालवाला र अवकाश प्राप्त अधिकृतहरु तथा बिषयगत विज्ञहरुको महत्वपूर्ण भूमिका रहनेछ । नेपाली सेनाको कल्याणकारी सोच (Welfare Vision) ले बहुजन हिताय बहुजन सुखायआदर्श वाक्य रहेको नाफामूलक नभई सेवा मूलक सैनिक कल्याणकारी कोषबाट आगामी एक दशकको अवधिमा हिताधिकारीहरुको जीवनस्तरमा उल्लेख्य सुधार गर्न र राष्ट्र विकासमा समेत विशेष भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ ।

सैनिक कल्याणकारी कोषद्वारा अबलम्वन गरिएका ४ '' को कार्यान्वयन स्थिति

स्वास्थ्य सेवा

१७.   बहालवाला सैनिकका परिवार तथा अवकाश प्राप्त सैनिक र तिनमा आश्रित परिवारलाई कोषले २०३४ साल देखि निःशूल्क स्वास्थ्य उपचार सुविधा उपलव्ध गराउदै आएको छ । वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भई (Inpatient) अस्पताल भित्र उपचार गराउदा लाग्ने सम्पर्ण खर्च र वीरेन्द्र अस्पतालमा सञ्चालित OPD मा आउने विरामीहरु (Outpatient) लाई एक आर्थिक वर्षमा एक हिताधिकारीका लागि बार्षिक रु.१ लाख १० हजार सम्मको स्वास्थ्य उपचार सेवा सुविधा कल्याणकारी कोषले बार्षिक रुपमा व्यहोर्ने व्यवस्था रहेको छ । सेना दिवस २०७७ बाट विगतको द्वन्दमा घाइते भई अपाङ्गता भएका सकलदर्जाहरुलाई प्रदान गर्दै आइरहेको औषधोपचार सुविधामा सतप्रतिशत वृध्दि गरी रु. २ लाख २० हजार कायम गरिएको छ । आ.व.२०७६/को आषाढसम्ममा करिब ३ लाख जनाले स्वास्थ्य उपचार सेवा प्राप्त गरेका छन् । उपरोक्त मध्ये ८५ हजार ६६२ जना थप उपचारको लागि अस्पताल भर्ना भएका थिए । यसको अतिरिक्त सैनिक अस्पतालमा गैह्र सैनिक व्यक्तिहरुलाई समेत स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने नेपाल सरकारको निर्णय पश्चात हालसम्म १ हजार २०२ जना गैह्र सैनिक व्यक्तिहरुले यस्तो सुविधा प्राप्त गरेका छन् ।

१८.   बहालवाला तथा अवकाश प्राप्त सैनिक व्यक्तिको श्रीमान/श्रीमतीका लागि सैनिक अस्पतालमा उपचार हुन नसक्ने गम्भीर प्रकृतिको रोग (Life Threatening Disease) लागेको अवस्थामा प्रति व्यक्ति रु.५ लाख (श्रीमान र श्रीमतीका लागि रु.१० लाख) सम्मको स्वास्थ्य उपचार सुविधा प्राप्त गर्ने गरी स्वास्थ्य वीमा कार्यक्रम सञ्चालन गरिएको छ । आ.व.०७६/ मा मात्र ५८ जनाले रु. करोड ६६ लाख ४० हजार बराबरको यस प्रकृतिको सुविधा प्राप्त गरिसकेका छन् भने हालसम्म ८०३ जनालाई रु. १३ करोड २ लाख १५ हजार प्रदान गरिसकिएको छ ।

१९.   वि.सं. २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पक पछिको वस्तुस्थिति एवम् विभिन्न स्थानमा सञ्चालन भएका भूतपूर्व सैनिक सम्मेलनको क्रममा अधिकांश भूतपूर्व सैनिकहरुबाट काठमाण्डौ केन्द्रित औषधी उपचार सुविधालाई विक्रेन्द्रित गर्नुपर्ने सुझाव प्राप्त भएनुसार प्रादेशिक स्तरमा सैनिक अस्पतालको निर्माण र सञ्चालन हुँदै आएका छन्।

.   भू.पू. सैनिकहरुको माग बमोजिम सैनिक कल्याणकारी कार्यलाई विस्तार तथा विकेन्द्रित गर्ने उद्देश्यले सैनिक ऐन, २०६३ को दफा ३१ (क) बमोजिम आय आर्जन गरी आम्दानीको श्रोत जुटाउन सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको निर्णय बमोजिम महांकालस्थित कल्याणकारी भवनको व्यवसायीक प्रयोजनमा ल्याउने उद्देश्यले बहालमा लगाउन बोलपत्र आव्हान गर्दा समेत यसरी प्राप्त हुने रकम सैनिक कल्याणकारी कोषका हिताधिकारीहरुलाई सैनिक कल्याणकारी कोषले नि:शूल्क उपलब्ध गराउँदै आएको औषधी उपचार सुविधा अभिवृध्दि र विकेन्द्रिकरणमा मात्र प्रयोग हुने नीति कायम गरिएको ।

.   सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको सोही निर्णय बमोजिम २०७५ बैशाखबाट नेपालगञ्जमा ५० शैया, २०७६ फाल्गुणबाट इटहरी र पोखरामा ५०/५० शैयाका सैनिक अस्पतालहरु सञ्चालनमा आइसकेका छन् भने निकट भविष्यमै बर्दिवास र धनगढीमा २५/२५ शैयाको सैनिक अस्पताल सञ्चालनको लागि आवश्यक भौतिक संरचनाहरुको निर्माण कार्य सम्पन्न हुने क्रममा रहेको छ । सबै प्रादेशिक अस्पतालहरुको सञ्चालन खर्च महाँकालस्थान स्थित कल्याणकारी भवनबाट आर्जन हुने रकमबाट व्यवस्थापन गर्ने योजना रहेको छ ।

.   आ.व.२०७६/७७ मा उक्त प्रदेश स्तरका सैनिक अस्पतालहरुबाट १९ हजार ६७२ जना हिताधिकारीहरु औषधीउपचार सुविधा प्राप्त गरेका छन् । आफू बसोवास गरेको क्षेत्रमै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले प्रथम चरणमा विराटनगर स्थित विराट मेडिकल कलेजसँग २०७६ फाल्गुण महिनामा सहमति पत्रमा हस्ताक्षर गरी सेवा प्रारम्भ गरिएकोमा सैनिक अस्पताल इटहरीमा उपचार हुन नसक्ने प्रकृतिका ३४८ जना हिताधिकारीहरुले उक्त अस्पताल मार्फत औषधी उपचार सुविधा प्राप्त गरेका छन् । यसरी प्रदेश स्तरमै विशेषज्ञ सुविधा सहित इम्प्यानल अस्पतालबाट सुविधा उपलब्ध गराउँदा जटिल उपचारका लागि काठमाडौ नै आउनुपर्ने विगतको वाध्यता क्रमश: घट्दै गई श्री वीरेन्द्र अस्पतालको विरामी चाप न्यून हुन गई सेवाको गुणस्तर अभिवृध्दि हुने अपेक्षा गरिएको छ । 

२३.       स्वास्थ्य सेवालाई विकेन्द्रित गर्दै घरदैलोसम्म पुर्याउने उद्देश्यले आ.व.२०७६/७७ मा आयोजना गरिएको भूतपूर्व सैनिक सम्मेलनको क्रममा विशेषज्ञ डाक्टरहरु सहित स्थान विशेषमै स्वास्थ्य शिविर समेत सञ्चालन गरिएकोमा १६ हजार ७०७ जना लाभान्वित भएका थिए ।

२४.   सबै भन्दा बढी विरामीको चाप भएको श्री वीरेन्द्र अस्पतालको वहिरङ्ग (OPD) सेवालाई व्यवस्थित बनाउने उद्देश्यले GOPD भवन निर्माण सम्पन्न गरी हालको COVID-19 को परिस्थितिको कारण उक्त भवनलाई कोरोना आइसोलेशन वार्डको रुपमा प्रयोगमा ल्याइएको छ । 

२५.   विश्वव्यापि रुपमा फैलिएको COVID-19 महामारीबाट वीरेन्द्र अस्पतालमा उपचारार्थ आउने हिताधिकारीहरुको सम्भाव्य संख्यालाई सम्वोधन गर्ने आई.सि.यू. र भेन्टिलेटरहरु थप गर्नुका अतिरिक्त पृतना स्तरमा समेत महामारी व्यवस्थापनको प्रारम्भिक तयारी गर्न आवश्यकता बमोजिमको रकम उपलब्ध गराइएको छ ।

२६.   कोरोना महामारीको रोकथाम तथा व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले कोषद्वारा सञ्चालित विद्यालय/महाविद्यालयहरु अन्तर्गत नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा-२५० वेड, सैनिक आवासिय महाविद्यालय भक्तपुरमा-२५० वेड, सै.आ.म.वि.पोखरामा-७५ वेड र अन्य चार महाविद्यालय हरुमा-६०/६० वेडका दरले गरी हालसम्म ८१५ वेड क्षमताको Quarantine को व्यवस्था गरिएको छ ।

२७.   हालको कोरोना भाइरस (COVID-19) संक्रमणको कारण नेपाली सेनाका हिताधिकारीहरुले समयमै ‍औषधी उपचार सेवा प्राप्त गर्न नसक्ने अवस्थालाई मध्यनजर गरी सहज रुपमा औषधीको वितरण गर्न आवश्यक योजना बनाई पेश गरिए अनुरुप उपत्यका बाहिर हिताधिकारीहरु बसोवास गरेकै स्थानका अस्पतालहरुसँग आवश्यक समन्वय गरी सहज रुपमा स्वास्थ्य उपचार एवम् औषधी तथा ‍औषधीजन्य सामाग्रीहरु उपलब्ध गराउँदै आएको ।

शिक्षा

२८.   काठमाडौं केन्द्रित महाविद्यालय सुविधालाई देशव्यापी रुपमा क्रमशः विस्तार गर्दै जाने उद्देश्य अनुरुप पोखरा, धरान, सुर्खेत, धनगढी र चितवनमा समेत सैनिक आवासीय महाविद्यालयहरु सञ्चालन भरहेका छन् भने कोषद्वारा सञ्चालित विद्यालय/ महाविद्यालयहरुलाई सबै प्रदेशसम्म पुर्याउने नीति अनुरुप यस वर्ष प्रदेश नं.२ को बर्दिवासमा समेत सैनिक विद्यालय निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ भने यसै शैक्षिक सत्र २०७७ बाट नै विद्यालय सञ्चालन गर्ने योजना रहेकोमा COVID-19 को कारण विद्यार्थी भर्ना लिन सकिएको छैन

२९.   सैनिक तथा गैह्र सैनिक बीचको सम्बन्धलाई मजवुत बनाउने एवम् विद्यालय तथा महाविद्यालय सञ्चालनतर्फ सैनिक कल्याणकारी कोषको व्ययभार केही हदसम्म कम गर्ने उद्देश्यले २०६४ सालदेखि कल विद्यार्थी संख्याको ४० प्रतिशतसम्म गैह्र सैनिक व्यक्तिका छोरा/छोरीहरुलाई पनि भर्ना लिने गरिएको छ । कोष अन्तर्गत सञ्चालित सबै महाबिद्यालयहरुमा हाल सैनिक तर्फ ५,४०९ जना तथा गैह्र सैनिक तर्फ ३,०२५ जना समेत गरी कल जम्मा  ,४३४ जना विद्यार्थीहरु अध्ययनरत छन् । कोषबाट सञ्चालित विद्यालय/ महाविद्यालयहरुमा सैनिक तथा गैह्र सैनिक सन्ततीहरुको अनुपात ६०:४० गर्ने नीति रहेता पनि यथार्थमा यस्तो अनुपात ६४:३६ रहेको छ । कूल विद्यार्थी संख्याको करिब ५५ प्रतिशत अर्थात ४,६२७ विद्यार्थीहरु आवासिय रहेका छन् ।

३०.   कोष अन्तरगत सञ्चालित विद्यालय/महाविद्यालयहरुको शैक्षिक नतिजा समेत लगातार रुपमा उत्कृष्ट रहदै आएकोमा यस वर्ष COVID-19 बाट उत्पन्न परिस्थितिका कारण SEE परीक्षा सञ्चालन हुन नसकेता पनि विद्यालय आन्तरिक मूल्याङ्कन तर्फको नतिजालाई आधार मान्दा समेत शैक्षिक नतिजा सन्तोषजनक रहेको पाइएको छ । उच्च माध्यमिक शिक्षा परिषदबाट सम्बन्धन प्राप्त गरी सञ्चालन भएका कक्षा ११ १२ को नतिजा समेत लगातार रुपमा उत्कृष्ट रहँदै आएको छ ।

३१.   कोषद्वारा सञ्चालित विद्यालय/ महाविद्यालयहरुले उच्चतम शैक्षिक नतिजाका अलावा खेलकूद र अतिरिक्त क्रियाकलापहरुमा समेत लगातार रुपमा उत्कृष्ट नतिजा हासिल गरि नेपाली सेनाको गौरव अभिवृद्धि गर्न समेत सहयोग पु¥याएका छन् ।

३२.   सैनिक विद्यालयहरु नभएका प्रदेशहरुमा बसोबास गर्ने हिताधिकारीका सन्ततीहरुलाई बसोबास गरेकै क्षेत्रमा अध्ययन सुविधा उपब्ध गराउने उद्देश्यले शैक्षिक सत्र २०७६ मा प्रदेश नं.२ र ५ का उत्कृष्ट निजी तथा सामुदायिक विद्यालयहरु छनौट गरी १९ वटा विद्यालयहरुलाई Empanel School  को व्यवस्था गरीएकोमा उक्त सुविधा मितव्ययी र प्रभावकारी देखिनुको साथै हिताधिकारीहरुबाट समेत सुविधा विस्तारको लागि माग भई आएको हुँदा मुलुकभर ७० जिल्लाका २०५ उत्कृष्ट विद्यालयहरुसँग Empanel  सम्झौता सम्पन्न भइसकेको छ ।

३३.   सैनिक विद्यालय/महाविद्यालयहरुमा अध्ययन गर्ने मौका नपाएका हिताधिकारीहरुका १ (एक) सन्ततीलाई रु.१० हजार प्रति वर्ष वितरण गर्दै आइरहेको छात्रवृत्ति रकमलाई समय सापेक्ष बनाउने उद्देश्यले सत्प्रतिशत वृद्धि गरी रु.२० हजार कायम गरिएको छ । यसका अतिरिक्त बहालमा रहदा मृत्यु भएका वा जंगी कारवाहीमा वीरगति प्राप्त गरेका सैनिकका ६ वर्ष देखि १८ वर्षको उमेरसम्मका २ जना छोरा/छोरीलाई वितरण गर्दै आएको छात्रवृत्ति रकम रु.१२ हजारबाट वृद्धि गरी        रु. २० हजार पुर्याइएको छ । कोषद्वारा वितरण गर्ने छात्रवृत्तिबाट शैक्षिक सत्र २०७६मा २८ हजार ९१० जना सन्ततीहरु लाभान्वित भएका छन् ।

३४.   बहालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततीहरुलाई स्वदेश वा विदेशमा चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचना प्रविधि, कृषि, पशु विज्ञान तथा वन विज्ञान संकायमा स्नातक तहको अध्ययनको लागि "सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा २०७५" अधिकतम रु. २५ लाख वा तोकिएको शिक्षण शूल्क सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध गराउने उद्देश्य अनुरुप हालसम्म कर्जा सिफारिस गरिएका ३३४ जनाको करिब रु. ३६ करोड कर्जा सिफारिस भइसकेको छ । यसका अतिरिक्त हिताधिकारीहरुको माग बमोजिम कर्जा उपलब्ध गराइने संकायहरुमा पुनरावलोकन गरी २०७७ बैशाख १ गतेबाट  विज्ञान, व्यवस्थापन, कानूनमा स्नातक तह वा सो भन्दा माथि एवम् चार्टर्ड एकाउन्टेन्सी वा यस्तै प्रकारका पेशागत अध्ययनमा समेत सम्बन्धित शिक्षण संस्थाले तोकेको शिक्षण शूल्क वा अधिकतम् रु.१५ लाखसम्म शैक्षिक कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

३५.   काठमाडौं उपत्यका भित्र कार्यरत महिला सैनिक सकलदर्जाहरुका सन्ततीहरुलाई लक्षित गरी छाउनी स्थित रेञ्जर रेजिमेन्ट परिसरमा श्वेततारा मण्टेश्वरी विद्यालयको निर्माण कार्य सम्पन्न गरी २०७६ फाल्गुण ८ गतेबाट ५४ जना विद्यार्थीहरु समावेश गरी कक्षा सञ्चालन गरिएको छ । उक्त मण्टेश्वरीको स्थापना पश्चात सैनिक कल्याणकारी कोषले प्रदान गर्दै आएको शैक्षिक सुविधा पूर्व प्राथमिक तह देखि स्नातकोत्तर तहसम्म विस्तार भएको छ ।

३६.   बहालवाला तथा अवकाश प्राप्त सैनिकका जेहेन्दार छोरा/छोरीहरुलाई मेडिकल शिक्षाको मौका प्रदान गर्दै नेपाली सेना स्वयम् र समग्र राष्ट्रलाई नै दक्ष जनशक्ति उत्पादन गरी कल्याणकारी कोषको आयस्रोत समेत अभिवृध्दि गर्ने उद्देश्यले सैनिक ऐन, २०६३ तथा कल्याणकारी कोष नियमावली, २०६५ को परिधिभित्र रहेर सञ्चालन गरिएको नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको शैक्षिक नतिजा लगातार रुपमा उत्कृष्ट रहँदै आएको छ ।

३७.   आर्थिक वर्ष ०७६/ मा संस्थान अन्तर्गतका महाविद्यालयहरुमा अध्ययनरत १ हजार ६६० विद्यार्थीहरु मध्ये सैनिकतर्फका ४७४ विद्यार्थीहरुले रु. करोड ५३ लाख ३३ हजार तथा गैह्र सैनिकतर्फका १६५ जना विद्यार्थीहरुले रु. करोड ८६ लाख ८१ हजार समेत जम्मा रु.१ करोड ४० लाख १४ हजार छात्रवृत्ति रकम प्राप्त गरेका छन् । हाल संस्थान अन्तर्गत अध्ययनरत विद्यार्थीहरुको संख्यात्मक विवरण यस प्रकार रहेको छ ।

३८.   त्रि-वन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान तथा नेपाल मेडिकल काउन्सिलबाट भएको पूर्वाधार लगायत अन्य भौतिक सुविधाको स्थलगत निरीक्षणबाट नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई शैक्षिक सत्र २०७१ देखि एम.बि.बि.एस. अध्ययनको लागि प्रतिवर्ष १५० जना विद्यार्थीहरु भर्ना लिने स्वीकृति प्राप्त भएकोमा प्रतिर्ष १०० विद्यार्थी भन्दा बढी संख्यामा भर्ना लिन नदिने नेपाल सरकारको पछिल्लो नीतिगत निर्णय अनुसार हाल १०० जना मात्र भर्ना लिइदै आइरहेको छ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा प्रतिवर्ष १५० जना विद्यार्थीहरु भर्ना लिनको लागि आवश्यक पर्ने सम्पर्ण प"र्वाधारहरुको उपलब्धता भएता पनि नेपाल सरकारको पछिल्लो नीतिका कारणले क्षमता बमोजिम भर्ना लिन सकिएको छैन ।

३९.   चिकित्साशास्त्र अध्ययन संस्थान र मेडिकल काउन्सिलबाट नेपाली सेना स्वास्थ्य बिज्ञान संस्थानमा शैक्षिक शत्र २०७ देखि नै बिभिन्न बिषयहरुमा स्नातकोत्तर तहका कार्यक्रमहरु सञ्चालनमा ल्याइएको छ । संस्थानमा स्नातकोत्तर तहको कार्यक्रम सञ्चालनबाट कोषद्वारा सञ्चालित स्वास्थ्य उपचार सुविधालाई आवश्यक पर्ने चिकित्सक व्यवस्थापनमा समेत सहयोग पुग्ने देखिएको छ ।

सिप तथा स्व:रोजगार

४०.   अवकाश प्राप्त सैनिक र तिनका आश्रित परिवारहरुलाई व्यवसायिक कृषि तथा पशुपालनको तालिम दिई आफै व्यवसाय सञ्चालन गरी स्व:रोजगार एवम् आर्थिक रुपमा निर्भर गराउने उद्देश्यले व्यवहारिक ज्ञान दिलाउने कृषि फार्म सहित लमजुङ्ग जिल्लाको बेसिशहर न.पा. वडा नं. २ मा स्थापना गरिएको नेपाली सेना व्यवसायीक कृषि तथा पशुपालन तालिम केन्द्रमा पि.जे.टि.ए. र भि.जे.टि.ए. का अतिरिक्त छोटो अवधिका व्यवसायिक तालिम सञ्चालन गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रबाट सम्बन्धन प्राप्त गरी २०७६ भाद्रबाट ४० जना शिक्षार्थीहरु छनौट गरी पि.जे.टि.ए. र भि.जे.टि.ए. कक्षा सञ्चालन भइरहेको छ ।

४१.   सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित कल्याणकारी कार्यहरुमा सहयोग पुर्‍याउने उद्देश्यले बार्षिक १२० जना हिताधिकारीहरुलाई नेपालमा नै जापानीभाषा निःशूल्क प्रशिक्षण गराउने योजना बमोजिम प्रथम चरणमा सहभागि ४० मध्ये तालिममा उत्कृष्ट नतिजा हाँसिल गर्ने १४ जना शिक्षार्थीहरुलाई N4 Level भाषा प्रशिक्षण गराउने उद्देश्यले N5 Level परीक्षामा समावेश गराइएकोमा ‍१० जना उत्तिर्ण भएका छन् । यसका अतिरिक्त ४ जनालाई जापानमा छोटो अवधिको कृषि र पशुपालन सम्बन्धी व्यसायिक तालिमको मौका समेत प्रदान गर्ने गरी तालिमको लागि ४ जनाको छनौट भएकोमा COVID-19 महामारीको कारणले गर्दा व्यवसायीक तालिमको लागि जापान पठाउन सकिएको छैन

४२.   अवकाश भई जाने सकल दर्जाहरुलाई सिपमलक तथा रोजगारमलक तालिम प्रदान गर्ने उद्देश्यले नेपाली सेना व्यवसायीक तालिम इन्स्टिच्यूटबाट आ.व.०७६/ सम्म ३६३ जना विभिन्न टे«ड तथा हस्पिटालिट म्यानेजमेण्ट तालिममा सहभागि भई तालिम प्राप्त गरेका छन् भने COVID-19 बाट उत्पन्न परिस्थितिका कारण सञ्चालनको क्रममा रहेका केही तालिमहरु आगामी दिनहरुमा निरन्तरता दिने गरी स्थगन गरिएको छ । यसरी तालिममा सहभागि भएका मध्ये केहीले अवकाश पश्चात तालिममा सिकेको सिपको आधारमा आफैंले व्यवसाय सञ्चालन गर्नुको साथै अन्यत्र रोजगारको अवसर समेत प्राप्त गरिसकेका छन् ।

४३.   नेपाली सेनाका बहालवाला एवम् भूतपूर्व सैनिकहरुका श्रीमती, एकल महिला एवम् ४५ वर्ष उमेर ननाघेका आमा तथा अविवाहित छोरीहरुलाई व्यवसायीक तालिम प्रदान गर्ने उद्देश्यले सैनिक कल्याणकारी कोषको छाताभित्र रही सैनिक श्रीमती संघको पहलमा छाउनीमा सञ्चालनमा रहेको "नेपाली सेना व्यावसायिक तालिम केन्द्र" बाट आ.व.२०७६/ मा १९८ जना विभिन्न ट्रेडका तालिमहरुमा सहभागि भएकोमा केही ट्रेडहरुको तालिम सम्पन्न हुन बाँकी रहेको छ ।

४४.   सैनिक श्रीमती संघको संयोजकत्वमा तालिम पश्चात व्यवसाय सञ्चालन गर्न ईच्छुक एकल महिलाहरुलाई व्यवसाय सञ्चालनको लागि निर्माण सम्पन्न भएका बालाजु, बाँसवारी, चितवन र बुटवल स्थित एकल महिला स्व:रोजगार केन्द्रहरुको उपयोग सम्बन्धमा कार्यविधि स्वीकृत गराई कार्यान्वयनमा ल्याइएको छ ।

सुविधा तथा सहुलियत

४५.   सैनिक सेवाबाट अवकाश प्राप्त सैनिक तथा तिनका विधवा/विदुरहरुका लागि नेपाल सरकारले प्रदान गरेको निवृत्तिभरणका अतिरिक्त सैनिक कल्याणकारी कोषका तर्फबाट समेत आर्थिक राहत प्रदान गर्ने उद्देश्यले करिब ८१ हजार भूतपूर्व सैनिक तथा आश्रित परिवारहरुले बार्षिक रु ५ हजार देखि रु. १ लाख २० हजार सम्मको कल्याणकारी निवृत्तिभरण सुविधाहरु प्राप्त गरिरहेका छन् ।

४६.   आफू कार्यरत रहेकै स्थानमा परिवार सहित बसोबास सुविधा उपलब्ध गराउने उद्देश्यले आ.व. ०७५/७६ मा निर्माण सुरु गरिएका सालझण्डी दाङ, शक्तिखोर चितवन, बर्दिबास महोत्तरी, नेपालगञ्ज बांके एवम् स्टाफ कलेज शिवपुरीमा निर्माणाधिन परिवार आवासको निर्माण कार्य सम्पन्न भई हालसम्म विभिन्न युनिटहरुमा १६८ परिवार आवास भवन निर्माण सम्पन्न भई १६६५ परिवारहरुले उपभोग गरिरहेका छन्

४७.   उपत्यकामा कार्यरत सकलदर्जा र बसोवास गर्ने हिताधिकारीहरुलाई दैनिक आवश्यकताका सामाग्रीहरु सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले सैनिक कल्याणकारी कोषको लगानीमा २०७६ फाल्गुणबाट जंगी अड्डामा सुपथ मूल्य पसल (क्याण्टिन) सञ्चालनमा ल्याइएको छ । उक्त क्यान्टिन मार्फत वेचबिखन गरिने सामानहरुको लागत मूल्यमा सञ्चालन र व्यवस्थापन खर्च वापत १ प्रतिशत मात्र थप गरी विक्रि मूल्य निर्धारण गरिएको । यसका अतिरिक्त सोही क्यान्टिनबाट इलेक्ट्रोनिक्स लगायतका घरायसी प्रयोगका उपकरणहरु समेत सहुलियतपूर्ण किस्तावन्दी सुविधामा उपब्ध गराइएको छ ।

४८.   सैनिक कल्याणकारी कोषको सञ्चालन व्यवस्थामा अवकास प्राप्त सैनिकहरुको समेत सहभागिता बढाउने एवम् सञ्चालित कल्याणकारी कार्यक्रमहरुका रायसुझाव संकलन गर्ने उद्देश्यले आ.व.२०७६/७७ मा सुदूर पश्चिम, कर्णाली र नं. ५ प्रदेशमा भूतपूर्व सैनिक सम्मेलनको आयोजना गरिएकोमा भूतपूर्व सैनिकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

४९.   बहालवाला सैनिकहरु सेवाबाट अवकाश हुदा नेपाल सरकारबाट प्राप्त गर्ने भुक्तानीका अतिरिक्त केही थप रकम समेत प्राप्त गरी अवकाश पछिको जीवन सवल र सहज रहोस् भनि परिवार तथा आवास अनुदान सहुलियत कार्यक्रम सञ्चालन गरिएको छ । यस कार्यक्रम अन्तर्गत प्रति व्यक्ति मासिक रु.४०० का दरले कल्याणकारी कोषवाट अनुदान दिई अवकाशको समयमा एकमुष्ट साँवा व्याज भुक्तानी दिने व्यवस्था गरिए बाट सकलदर्जाहरु लाभान्वित हुँदै आएका छन् ।

५०.   नेपाल ईन्भेष्टमेन्ट बैंक लि.को सहकार्यमा रोजगारमलक व्यवसाय सञ्चालन गरी आयआर्जन अभिवृद्धि गराउने उद्देश्यले सहुलियतपूर्ण व्याजदर (बार्षिक ४.५ प्रतिशत) मा सञ्चालन गरिएको लघुवित्त कर्जा तथा सुलभ घर कर्जा कार्यक्रमबाट २०७७ आषाढसम्म २९ हजार ५६ जनाले रु. ४ अर्व ८८ करोड ३ लाख लघुवित कर्जा प्राप्त गरेका छन् । यसका अतिरिक्त सोही बैंकसँगको सहकार्यमा कृषि तथा आफूले सिकेका सिपको आधारमा न्यूनतम् ब्याजदर (३.९८%) मा परियोजना सुरक्षणमा रु. १५ लाखसम्मको महिला उद्यमशिल कर्जाको व्यवस्था गरिएकोमा १९ जना उद्यमशिल महिलाहरुले १ करोड ६८ लाख कर्जा सुविधा प्राप्त गरेका छन् ।

५१.   बहालवाला तथा अवकाश प्राप्त सकलदर्जाको मृत्यु भएमा रु.२५ हजार अनुदान दिने व्यवस्था गरिएकोमा २०७३ साल श्रावण महिनाबाट बहालवाला तथा अवकाश प्राप्त सैनिकका अतिरिक्त पारिवारिक निवृत्तिभरणमा रहेका श्रीमान्/श्रीमती समेतको मृत्यु भएमा मृतकको आश्रितलाई क्रियाकर्म अनुदान उपलब्ध गराउँदै आइरहेको छ । आ.व.०७६/मा ८५९ जनाले यस्तो अनुदान प्राप्त गरेका छन ।

५२.   विगत द्वन्दको समयमा असक्त भएका नेपाली सेनाका सकलदर्जाहरु मध्ये ३७ जनालाई राहत स्वरुप चारपाङ्ग्रे स्कुटर तथा शारिरिक रुपमा अशक्त भई हिडडुल गर्न नसक्ने १५६ जनालाई व्हील चियर वितरण गरिएको छ भने सहाराको जरुरत पर्ने ६५ जनालाई आर्थिक राहत स्वरुप रु.१ लाख ४ हजारको दरले मुद्दती रसिद वितरण गरिएको छ ।

५३.   वीरगति प्राप्त सैनिकका १ जना छोरीको विवाहमा रु. ५० हजार बैवाहिक अनुदान दिने व्यवस्था अनुरुप हालसम्म १९ जनाले रु. ९ लाख ५० हजार बराबरको बैवाहिक अनुदान प्राप्त गरेका छन् ।

५४.   अवकास पश्चात समेत नेपाली  सेनाको गौरव अभिवृद्धि गर्ने सकल दर्जाहरुको हौसला बढाउने उद्देश्यले सेना दिवश २०७६ मा नेपाल अधिराज्यभरका भू.पू. सैनिकहरु मध्ये विविध ५ विधातर्फ महिला १ जना सहित ६ जना उत्कृष्ट भू.पू. सैनिकहरुलाई नगद पुरस्कार र प्रमाण-पत्र सहित सम्मान गरिएको छ । साथै नेपाली सेनामा आफ्ना ४ जना वा सो भन्दा बढी सन्ततीहरुलाई सेवा गर्न प्रेरित गर्ने जीवित आमा/बुबा मध्ये १ जनालाई नगद रु.१० हजार र कदर पत्रबाट सम्मान गर्ने व्यवस्था गरिए बमोजिम हालसम्म २८ जना आमा/बुबालाई सम्मान गरिएको छ ।

५५.   अपाङ्गता भएका सन्ततीहरुको लागि आजीवन औषधी उपचार सुविधा, परामर्श सेवा प्रदान गर्न Help Desk स्थापना र सबै विद्यालयहरुमा एक जना सन्ततीलाई नि:शूल्क अध्ययन सुविधाको व्यवस्था गरिएको छ । सैनिक कल्याणकारी कोषको लगानीमा सुन्दरीजलमा स्थापना भएको रिपूमर्दिनी शुध्द पिउने पाण्टको उत्पादन बिक्रिबाट बचत हुन जाने रकम समेत हिताधिकारीहरुका अपाङ्गता भएका सन्ततीहरुको वृत्ति विकासमा उपयोग गर्ने नीति कायम गरिएको छ ।

५६.   COVID-19 महामारीको कारण बन्दावन्दी भएको अवस्थामा उपत्यका भित्र तथा उपत्यका बाहिर बसोवास गर्ने न्यून आय भएका वीरगति प्राप्त तथा कर्तव्य पालनाको शिलशिलामा मृत्यु भएका सैनिकहरुका एकल महिलाहरु १०७ जनालाई राशन सामाग्रीहरु वितरण गरिएको छ ।

५७.   संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विभिन्न मिशनहरुमा खट्टी जाने सकलदर्जाहरुलाई वितरण गरिने दैनिक भत्तादरमा सार्क राष्ट्रमा भएको अभ्यास, नेपाली सेनाका बिभिन्न अंगहरुबाट प्राप्त भएका राय सुझाव र सकल दर्जाको गुनासोलाई सम्बोधन गर्दै संयुक्त राष्ट्र संघिय शान्ति सेनामा भाग लिए वापत प्रदान गरिने Troops Allowance वितरण प्रणालीलाई बैज्ञानिक तथा व्यवहारिक बनाई तल्लो दर्जा बन्दोवस्ती कार्य सिपाहीले प्रति महिना प्राप्त गरिरहेको भत्तादर अमेरिकी डलर १०२९.०० मा अमेरिकी डलर ८५.०० थप गरी २०७६ आश्विन १४ गते देखि प्रति महिना अमेरिकी डलर १११४.०० पुर्याइएको      छ । यसै गरी गण कमाण्ड गर्ने गणपति प्रमुख सेनानीको समेत प्रति महिना प्राप्त गरिरहेको भत्तादर अमेरिकी डलर १३७८.०० मा अमेरिकी डलर २१.०० थप गरी प्रति महिना अमेरिकी डलर १३९९.०० कायम गरिएको छ ।

आर्थिक वर्ष २०७७/ को नीति तथा कार्यक्रमहरु

५८.   प्रधान सेनापति कमाण्ड मार्ग निर्देशन २०७५को लक्ष्य नं.७ मा सैनिक कल्याणकारी कार्यक्रमको पहुच तथा प्रभावकारिता अभिवृद्धि गर्न निर्दिष्ट लक्ष्य हासिल गर्न सम्पादन गर्नुपर्ने तोकिएको विभिन्न कार्यहरु समयावद्ध रुपमा सम्पन्न गर्ने तथा आश्रित परिवारका सदस्यहरुलाई सहयोग तथा सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप सैनिक कल्याणकारी कोषको आर्थिक वर्ष २०७७/ को नीति तथा कार्यक्रम तर्जुमा गर्दा निम्न क्षेत्रहरुलाई प्राथमिकतामा राखी कार्यक्रम तर्जुमा गरिएको छ :

(क)   सञ्चालित औषधी उपचार सुविधालाई महामारी लगायतका जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न सक्षम गराउने,

(ख)   कल्याणकारी कार्यक्रमको पहुँच र प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले तर्जुमा गरिएको कल्याणकारी सोच (Welfare Vision) ो मध्यकालीन योजनाहरु सम्पन्न गर्ने,

(ग)   प्रविधि मैत्री व्यवस्थापन र छरितो संगठनात्मक ढाँचाको विकास गरी सेवा प्रवाहमा गुणात्मक सुधार ल्याउने,

(घ)   सञ्चालित कल्याणकारी कार्यहरुलाई मितव्ययी (Economic) र दिगो (Sustainable) बनाउने ।

स्वास्थ्य

५९.   अस्पतालको सेवा सुविधा विस्तार: कोषका सबैभन्दा बढी हिताधिकारीहरुले सुविधा लिँदै आइरहेको श्री वीरेन्द्र अस्पतालको क्षमता अभिवृद्धि गर्दै Non-referral अस्पतालको रुपमा विकास गर्ने लक्ष्य अनुरुप मुटुरोग निदान र उपचारका लागि अत्याधुनिक Cath Lab को स्थापना गर्ने योजना रहेको छ । यसका अतिरिक्त अस्पतालको ल्याव सुविधालाई नेपाल सरकारको Lab Accreditation मापदण्ड अनुरुप स्तरोन्नति गर्ने योजना समेत रहेको छ ।

६०.   चिकित्सा जनशक्तिको प्रभावकारी उपयोग: श्री वीरेन्द्र अस्पतालमा हुने विरामीको अधिक चाप तथा हाल महामारीको रुपमा फैलिएको COVID-19 जस्तै भविष्यमा आउन सक्ने अन्य महामारी तथा जोखिम न्यूनिकरण एवम् व्यवस्थापन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान अन्तर्गत प्राज्ञिक कार्यमा नियुक्त भएका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मीहरुलाई वीरेन्द्र अस्पताल तथा सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित प्रादेशिक अस्पताल लगायत नेपाली सेनाद्वारा सञ्चालन हुने विभिन्न स्वास्थ्य शिविर तथा महामारी र प्रकोप व्यवस्थापनमा खटाउने व्यवस्था मिलाइएको छ ।

६१.   Empanel अस्पतालको विस्तार: हिताधिकारीहरुलाई बसोवास गरेकै क्षेत्रमा विशेषज्ञ सहितको औषधी उपचार सेवा उपलब्ध गराउने उद्देश्यले प्रथम चरणमा विराटनगर स्थित विराट मेडिकल कलेजसँग २०७६ फाल्गुण महिनामा सहमति पत्रमा हस्ताक्षर गरी Empanel सेवा प्रारम्भ गरिएकोमा यसको प्रभावकारिताको आधारमा अन्य क्षेत्रहरुका सुविधा सम्पन्न अस्पतालहरुसँग Empanel सेवा विस्तार गर्दै लैजाने योजना रहेको छ ।

६२.   प्रादेशिक सैनिक अस्पताल:  स्वास्थ्य उपचार सेवालाई विकेन्द्रित गर्दै लैजाने उद्देश्य अनुरुप श्री वीरेन्द्र अस्पतालको अतिरिक्त नेपालगञ्ज, इटहरी र पोखरामा समेत सैनिक अस्पतालहरु निर्माण गरी औषधी उपचार सुविधा प्रदान गरिएकोमा प्रदेश नं. २ को बर्दिवासमा अस्पताल निर्माण गरी आ.व. २०७७/७८ बाट सेवा सुचारु गर्नुका अतिरिक्त इटहरी र पोखरा अस्पतालको लागि आवश्यक अस्पताल उपकरण खरिद सम्पन्न गरी अस्पताल सुविधालाई पूर्णता दिइने छ ।

६३.   अस्पताल व्यवस्थापन सूचना प्रणाली (HIMS) को कार्यान्वयन: वीरेन्द्र अस्पतालमा आधुनिक अस्पताल व्यवस्थापन अभिलेख प्रणाली HIMS कार्यान्वयन अन्तर्गत प्रथम चरणको कार्य सम्पन्न भई दोस्रो चरण अन्तर्गत वहिरङ्ग विभागको विरामी दर्ता र फार्मेसी व्यवस्थापनको Software Development सम्पन्न गरी प्रयोगमा ल्याउने र अन्य क्षेत्रहरुमा समेत विस्तार गर्दै लगिने छ

६४.   विस्तारित स्वास्थ्य सेवा (EHS): सैनिक कल्याणकारी कोषले आफ्ना हिताधिकारीहरुलाई नि:शूल्क उपलब्ध गराउँदै आएको औषधी उपचार सेवा स्रोत र साधनको उपलब्धताको आधारमा गैह्र सैनिक सर्वसाधारणहरुलाई समेत उपलब्ध गराउँदै आएको   छ । कोषको स्वास्थ्य उपचार सुविधामा योगदान पुर्याउने एवम् सर्वसाधरणहरुलाई समेत उचित मूल्यमा गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यले प्रथम चरणमा त्रि-चन्द्र मिलिटरी अस्पताल महाँकालस्थानमा सञ्चालनमा आएको दन्त चिकित्सा र फिजियोथेराफी सेवालाई समयानुकूल शूल्क लिई Extended Health Service उपलब्ध गराउने र दोस्रो चरणमा सोही स्थानमा फार्मेसी तथा प्रथम चरणको अनुभवको आधारमा प्रादेशिक सैनिक अस्पतालहरुमा समेत यस प्रकारको सुविधा विस्तार गर्दै लगिने छ ।

६५.   Empanel School: सैनिक विद्यालयहरु नभएका प्रदेशहरुमा बसोबास गर्ने हिताधिकारीका सन्ततीहरुलाई बसोबासकै क्षेत्रमा अध्ययन सुविधा उपलब्ध गराउने उद्देश्यले आ.व. २०७७/७८ मा ७० जिल्लामा यस प्रकारको सुविधा विस्तार गर्नको लागि छनौट भएका २०५ वटा विद्यालयहरुसँग सम्झौता गरी सुविधा विस्तार गरिने छ ।

६६.   नविनतम् प्रविधिमा आधरित कक्षा र सिकाई विधि: COVID-19 महामारी पश्चात परम्परागत रुपमा सञ्चालन हुँदै आएका कक्षा कोठामा आधारित शिक्षण विधिको विकल्पका बारे कोष अन्तर्गतका विद्यालय/महाविद्यालयहरुमा सम्पूर्ण विद्यार्थीहरुको पहुँच पुग्ने गरी प्रविधिमा आधरित Online तथा Virtual कक्षा सञ्चालनको लागि प्रविधिको विकास गर्दै लैजाने योजना प्रस्ताव गरिएको छ । शिक्षाको गुणस्तर अभिवृध्दि गर्न एवम् शिक्षण सिकाईमा नविनतम् प्रविधिको प्रयोग गर्न कक्षा ९ देखि माथिका सबै कक्षाहरुमा मल्टिमिडिया प्रोजेक्टर तथा अन्य प्रविधिहरुको व्यवस्था गरिनुका साथै पुस्तकालय र प्रयोगशालाहरुको स्तरन्नोति तथा Language Lab  को व्यवस्था गर्ने योजना रहेको छ ।

६७.   प्रादेशिक सैनिक विद्यालय: कोषद्वारा सञ्चालित विद्यालय/महाविद्यालयहरुलाई सबै प्रदेशसम्म पुर्याउने नीति अनुरुप यस वर्ष प्रदेश नं.२ को बर्दिवासमा समेत सैनिक विद्यालय निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएकोले सम्बन्धित निकायबाट स्वीकृत गराई कक्षा सञ्चालन गरिने छ । साथै सैनिक विद्यालय नभएको प्रदेश नं. ५ को बुटवल वा दाङ्गमा सैनिक विद्यालय स्थापनाको लागि थप अध्ययन गरिने   छ ।

६८.   छात्रवृत्ति: सैनिक कल्याणकारी कोषले प्रदान गर्दै आएको छात्रवृत्तिको क्षेत्रहरुलाई समय सापेक्ष रुपमा विस्तार गर्दै हिताधिकारीहरुका जेहेन्दार सन्ततीहरु मध्य २ जनालाई प्रत्येक वर्ष नेपाली सेनाको साँगठानिक आयम र राष्ट्रिय सुरक्षा सम्बन्धी कार्यमा प्रेरित गर्न प्रतिव्यक्ति रु. ५ लाख दरको विद्यावारिधी छात्रवृत्ति प्रदान गर्ने नीतिगत व्यवस्था कायम गरिएको छ । यसका अतिरिक्त सैनिक महाविद्यालयहरुमा अध्ययनरत जेहेन्दार सन्ततीहरुलाई Asian Institute of Technology Bangkok (AIT) जस्ता ख्याति प्राप्त संस्थाहरुमा अध्ययनको मौका प्रदान गर्ने सम्बन्धमा समेत पहल गरिने छ ।

६९.   महामारीको कारण रोजगारी गुमाउनेहरुको लागि विशेष व्यवस्था:  कोरोना महामारी COVID-19 को कारणले गर्दा वैदेशिक रोजगारी गुमाई स्वदेश फिर्ता भएका अवकाश प्राप्त सकलदर्जा एवम् स्वदेशमै रोजगारी गुमाउन पुगेका सकलदर्जाहरुको पुन रोजगार अवसरलाई ध्यानमा राखि विशेष रोजगार कार्यक्रम सञ्चालन गरिने छ ।

७०.   नमूना कृषि फार्म: अवकाश प्राप्त सैनिक र तिनका आश्रित परिवारहरुलाई व्यवसायीक कृषि तथा पशुपालनको तालिम प्रदान गरी आफै व्यवसाय सञ्चालन गरी स्व:रोजगार एवम् आर्थिक रुपमा निर्भर गराउने उद्देश्यले लमजुङ, जिरी, मोरङ र धनगढी लगायतका क्षेत्रमा नमूना कृषि र्म स्थापना गर्ने योजना रहेको छ । उक्त फार्महरुको लागि नेपाल सरकार कृषि मन्त्रालय मार्फत इजरायल सरकारको प्राविधिक सहायता लिने योजना समेत रहेको छ । यसका अतिरिक्त गण्डकी प्रदेश सरकारसँग भएको सहमति बमोजिम गण्डकी प्रदेशमा बसोवास गर्ने तोकिएको योग्यता पुगेका २० जना सैनिक सन्ततीहरुलाई ईजरायलमा ११ महिने Dual Diploma in Agriculture Programme मा सहभागि हुन पठाइने छ ।

७१.   सहुलियतपूर्ण आवास कर्जा"सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा २०७५" ज्यादै प्रभावकारी भएको र अधिकांश हिताधिकारीहरुको तर्फबाट यस्तै प्रकारको सहुलियतपूर्ण आवास कर्जाको समेत माग भई आएकोले सहुलियत पूर्ण आवास कर्जा प्रदान गर्ने सम्बन्धमा अध्ययन कार्यदलको प्रतिवेदन प्राप्त भएपश्चात आवास कर्जा प्रवाह सम्बन्धी प्रकृया अगाडि बढाइने योजना रहेको छ ।

७२.   अपाङ्गता भएका सन्ततीहरु लक्षित कार्यक्रम: अपाङ्गता भएका सन्ततीहरुको व्यवस्थापनको लागि काठमाण्डौ उपत्यकामा समान प्रकृतिका अन्य संस्थाहरुसँग समेत सहकार्य गरी आवासिय सुविधा सहितको सामूहिक Children with Disabilities Care Centre को स्थापना सम्बन्धमा आवश्यक प्रकृया अगाडी बढाइने छ ।

७३.   Old Age Home को उपयोग: सैनिक कल्याणकारी कोषको करिब रु. ३ करोडको लगानीमा काठमाण्डौको लप्सीफेदिमा निर्माण गरिएको Old Age Home लाई उद्देश्य बमोजिम लामो समयदेखि उपयोग हुन नसकेको हुँदा उपयोग सम्बन्धमा बैकल्पिक उपायहरुको सुझाव पेश गर्न कार्यदल गठन गरी प्राप्त राय सुझाव बमोजिम प्रयोमा ल्याइनेछ ।

७४.   भूतपूर्व सैनिक सम्मेलन: सैनिक कल्याणकारी कोषको सञ्चालन व्यवस्थापनमा अवकास प्राप्त सैनिकहरुको समेत सहभागिता बढाउने एवम् सञ्चालित कल्याणकारी कार्यक्रमहरुका रायसुझाव संकलन गर्ने उद्देश्यले विगत वर्षहरुदेखि गरिंदै आएको भूतपूर्व सैनिक सम्मेलनलाई यस वर्ष समेत निरन्तरता दिइने छ । आ.व. ०७६/७७ मा आयोजना गर्न प्रस्ताव गरिएको तर कोरोना महामारीको कारण सम्पन्न हुन नसकेको गण्डकी प्रदेश तथा आ.व. २०७७/७८ मा नै योजना गरिएको बाग्मती प्रदेश, नं. १ प्रदेश र नं. २ प्रदेशमा भूतपूर्व सैनिक सम्मेलनको आयोजना गर्ने योजना रहेको छ

७५.   Welfare Digitization Mobile Apps : कोषका गतिविधिहरु र सूचना व्यवस्थापनलाई डिजिटल प्रविधिबाट व्यवस्थापन गर्दै जाने लक्ष्य अनुरुप सहुलियत पूर्ण कर्जा Online आवेदन मार्फत कार्यान्वयन गरिएकोमा यस वर्ष आवास तथा विमा शाखा अन्तर्गतका अन्य सुविधाहरुलाई समेत डिजिटल प्रविधिमा रुपान्तरण गर्ने कार्य अन्तिम चरणमा रहेको छ । यसरी Digitized गर्दा जनशक्तिको सदुपयोग एवम् कार्य सम्पादनमा समेत थप सहज हुनुका अतिरिक्त सूचनाको शुद्धता र लागत प्रभावि हुने भएकोले कोष अन्तर्गतका सम्पूर्ण गतिविधिहरु क्रमश: डिजिटल प्रविधिमा रुपान्तरण गर्दै लगिनेछ । यस्तै हिताधिकारीहरुलाई सूचनामूलक जानकारी गराउने उद्देश्यले सूचना तथा प्रविधि महाशाखासँगको सहकार्यमा कोषको आफ्नै मोबाईल एप्सको Layout तथा Design को कार्य सम्पन्न भइसकेको हुँदा आवश्यक सूचनाहरु अपलोड गरी २०७७ भाद्रबाट प्रयोगमा ल्याइनेछ ।

७६.   मितव्ययी योजना: विश्वव्यापि कोरोना महामारीको कारणले गर्दा सैनिक कल्याणकारी कोषको आय आर्जनमा समेत नकरात्मक असर पर्न सक्ने अवस्थालाई ध्यानमा राखि थोरैबाट धेरै प्रतिफल (More from Less) लिने उद्देश्य सहितको मितव्ययी योजना प्रधान सेनापतिज्यूबाट स्वीकृत गराई कार्यान्वयनमा ल्याइएकोमा उक्त योजनालाई यस वर्ष समेत निरन्तरता दिइने छ । कोरोना महामारी पश्चात विकसित नयाँ चुनौतिहरुलाई समेत ध्यानमा राखि मितव्ययी सम्बन्धी थप नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याइने छ ।

७७.   फ्यूल स्टेशनको विस्तार: पेट्रोलियम पदार्थको आपूर्तिमा समय समयमा हुने कठिनाईलाई सम्बोधन गर्ने उद्देश्यले सुरक्षा निकायहरुले फ्यूल स्टेशन र एल.पि.जि.ग्यास फिलिङ्ग स्टेशन स्थापना गर्न चाहेमा स्वीकृति दिने नेपाल सरकार मन्त्री परिषदबाट नीति कायम भए बमोजिम नेपाल सरकारको नीतिलाई समेत सम्बोधन गर्ने उद्देश्यले आर्थिक बर्ष ०७७/ मा थप २ स्थानमा फ्यूल स्टेशन स्थापना गर्नुका अतिरिक्त विगत लामो समय देखि भूतपूर्व सैनिकहरुको व्यवस्थापनमा सञ्चालनमा रहेका रिपूमर्दिनी पेट्रोल स्टेशन भद्रकाली र शक्तिदेवी पेट्रोल स्टेशन लगनखेलको कल्याणकारी योजना निर्देशनालयको व्यवस्थापनमा सञ्चालनमा ल्याइने छ ।

७८.   विष्फोटक पदार्थमा आत्म निर्भर: सैनिक कल्याणकारी कोषको करिब रु. ३१ करोड ४० लाख लगानीमा स्थापना भई सञ्चालनमा आएको नयाँ Civil Explosive Plant को वार्षिक उत्पादन क्षमता २,४०० मेट्रिकटन रहेको तथा उक्त प्लाण्टलाई पूर्ण क्षमतामा सञ्चालन गरी मुलुकमा सञ्चालित बिकास आयोजनाहरुलाई बिष्फोटक पदार्थ उपलब्ध गराउने उद्देश्यले छुट्टै बजार व्यवस्थापन समिति गठन गरी कार्य सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । 

७९.   जुत्ता कारखाना परियोजना:  नेपाली सेनाको बन्दोबस्ती क्षमता अभिबृद्धि गर्ने उल्लेख भएको र उक्त लक्ष्य हाँसिल गर्न क्लोदिङ्ग तथा ईक्यूपमेन्ट उत्पादन लगायतका सैनिक सामग्रीमा क्रमशः आत्मनिर्भर हुँदै जाने उद्देश्यले कोषको लगानीमा "नेपाली सेना जुत्ता कारखाना परियोजना" सञ्चालन गर्ने योजना रहेको छ ।

 

कोषद्वारा नेपाल सरकारको नीति तथा कार्याक्रममा गरेको योगदान

८०.   सैनिक कल्याणकारी कोष सैनिक ऐन, २०६३ ले परिकल्पना गरे बमोजिम बहालवाला तथा अवकास प्राप्त सैनिक र तिनका आश्रित परिवारहरुको कल्याण गर्ने उद्देश्यले स्थापना भएको गैह्र नाफामूलक कल्याणकारी निकाय हो । सैनिक ऐन, २०६३ ले नै निर्दिष्ट गरेका कल्याणकारी कार्यहरुबाट संघीय संसदबाट स्वीकृत भएको नेपाल सरकारको पछिल्ला दुई वर्षको नीति तथा कार्यक्रममा समृध्द नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङक्षा प्राप्त गर्न आर्थिक, सामाजिक, सांस्कृतिक विषयका उद्देश्य, लक्ष्य रणनीति र कार्यनीति सहित स्पष्ट राष्ट्रिय खाका तयार गरी कार्यान्वयमा ल्याएको राष्ट्रिय नीति कार्यान्वयमा निम्नानुसारको योगदान रहेको छ :

(क)   रोजगार अवसर: सैनिक कल्याणकारी कोष अन्तर्गतका विद्यालय/ महाविद्यालय, अस्पताल र अन्य निकायहरुमा १ हजार 538 जना भन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गर्नुको साथै ठूलो संख्यालाई अप्रत्यक्ष रुपमा रोजगारी समेत प्रदान गरी स्वदेशमै रोजगारी अभिवृद्धि गर्ने नेपाल सरकारको नीति कार्यान्वयनमा कोषको समेत ठूलो योगदान रहँदै आएको छ ।

(ख)   राजश्वमा योगदान: सैनिक कल्याणकारी कोषमा मौज्दात रकम बैंक तथा वित्तिय संस्थाहरुलाई निक्षेप उपलब्ध गराई बैंक/वित्तिय संस्थाहरु मार्फत हुने कर्जा लगानीको माध्यमबाट पूँजी प्रवाहमा समेत योगदान रहनुका अतिरिक्त यसरी आर्जित व्याज आम्दानीको ब्याजकर वापत बार्षिक करिब रु. ४५ करोड नेपाल सरकारको राजस्वमा योगदान गरी राष्ट्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउंदै आएको छ ।

(ग)   विष्फोटक पदार्थमा आत्मनिर्भर: सैनिक कल्याणकारी कोषको लगानीमा मकावानपुरको सुनाचुरीमा स्थापना भएको ईमल्सन प्लाण्टबाट उत्पादित विष्फोटक पदार्थबाट मुलूकमा सञ्चालित विकास आयोजनाहरुलाई आवश्यक पर्ने विष्फोट पदार्थ उपलब्ध गराई विकास निर्माण कार्यमा समेत सहयोग पुर्याएको छ । मुलुक विष्फोटक पदार्थमा आत्मनिर्भर हुनुका अतिरिक्त विष्फोटक पदार्थ आयत गर्न लाग्ने विदेशी मुद्रा समेत सञ्चित हुन गएको छ।

(घ)   दक्ष जनशक्ति उत्पादन: कोष अन्तर्गत सञ्चालित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले मुलुक भित्र नै नेपाल सरकारले तोकेको शूल्क एवम् छात्रवृत्तिको सुविधा सहित चिकित्साशास्त्र नर्सिङ्ग र फार्मेशी तथा रेडियोलोजी जस्ता विषयहरुमा स्वदेश मै अध्ययनको मौका उपलब्ध गराई स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने नेपाल सरकारको नीतिलाई सहयोग गरेको छ । नेपाल मेडिकल काउन्सिलद्वारा लिईएको लाईसेन्ससिङ्ग परिक्षामा देशभरको औषत परीक्षाफल करिब ४० प्रतिशत रहने गरेकोमा यस संस्थानको नतिजा सत्प्रतिशत हुन गई शैक्षिक नतिजा लगातार रुपमा उत्कृष्ट रहंदै आएको छ ।

(च)   सर्वसाधारणलाई निःशूल्क औषधी उपचार: सैनिक कल्याणकारी कोषले आफ्ना हिताधिकारीहरुको लागि सञ्चालन गरेको निःशूल्क स्वास्थ्य उपचार सुविधाका अतिरिक्त समय समयमा देशका विभिन्न स्थानहरुमा नेपाली सेनाले सञ्चालन गर्ने स्वास्थ्य शिविरहरुमा समेत कोषका तर्फबाट सर्वसाधारणलाई निःशूल्क औषधी वितरण गरिदै आएको  छ । यसका अतिरिक्त त्रि-चन्द्र मिलिटरी अस्पतालबाट समयानुकूल शूल्क लिई सर्वसाधरण नागरिकहरुलाई समेत विस्तारित स्वास्थ्य सेवा उपलब्ध गराने योजना रहेको छ ।

(छ)   ैह्र सैनिक छात्रवृत्ति: सहुलियतपूर्ण शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने नेपाल सरकारको नीतिलाई कोषद्वारा सञ्चालित विद्यालय/ महाविद्यालयहरुमा अध्ययनको लागि गैह्र सैनिकहरुलाई निश्चित कोटा निर्धारण गरिएको छ । त्यस्तै नेपाल सरकार शिक्षा मन्त्रालयको नीति बमोजिम नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा १० प्रतिशत सिट गैह्र सैनिकतर्फ पूर्ण छात्रवृत्तिका लागि छुट्याइएको छ भने ३४ प्रतिशत सिट स:शूल्कीय रुपमा छुट्याइएको   छ । आर्थिक वर्ष ०७६/ मा संस्थान अन्तर्गतका महाविद्यालयहरुमा अध्ययनरत १,६६० विद्यार्थीहरु मध्य गैह्र सैनिकतर्फका १६५ जना विद्यार्थीहरुले रु. करोड ८६ लाख ८१ हजार छात्रवृत्ति रकम प्राप्त गरेका छन्  ।

(ज)   नेपाल सरकारले तोकेको शिक्षण शूल्क: सैनिक कल्याणकारी कोष अन्तर्गत रहेका शैक्षिक संस्थान, विद्यालय/महाविद्यालयहरुमा अध्ययनरत गैह्र सैनिक व्यक्तिहरुका सन्ततीहरुलाई नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको शिक्षण शूल्क लिने गरिएको छ ।

 

संक्षेप

८१.         विश्वका विभिन्न मुलुकहरुमा शान्ति स्थापनार्थ खट्टिएका नेपाली सेनाका सकल दर्जाले विषम परिस्थितिमा कार्य गरेवापत संयूक्त राष्ट्रसङ्घबाट प्राप्त भएको भत्ता रकमबाट सैनिक ऐन, २०६३ एवम् सैनिक कल्याणकारी कोष नियमावली, २०६५ अनुसार केही अंश कट्टा गरी बहालवाला तथा अवकाश प्राप्त सैनिक र तिनमा आश्रित परिवारहरुको वृहत हितका लागि विशेष प्राथमिकता प्रदान गरी सैनिक कल्याणकारी कोषबाट विभिन्न कल्याणकारी कार्यहरु सञ्चालनमा आएका छन् यसबाट सैनिक परिवारको साथसाथै सर्वसाधरण नागरिकहरु समेत लाभान्वित हुन पुगेका छन् ।