चर्चित गायक रन्जित लामाको ‘पर्देशीको कथा व्यथा’

  

काठमाण्डौ । चर्चित गायक रन्जित लामाको ‘पर्देशीको कथा व्यथा’ बोलको गीत बजारमा आएको छ । गायक लामाको आउन माया आउ,मुसुक्क नेमा,बुट्टे रुमाल,ए
हुलाकी दाईलगायत थुप्रै हिट गीतहरु गाइसकेका छन । आधा दर्जन अवार्ड पाइसकेका गायक लामा दर्शकको मन मुटुमा रहन सफल गायक मध्ये एक हुन् ।

गीतमा नविन मोक्तानको शब्द, एन बि थापा मगरको संगीत रहेको उक्त गीतमा गायक रन्जित लामा र श्रिषा तामाङको स्वर रहेको छ ।

भिडियोलाई मरुभुमी नारायणले छायांकन, एम बि गुरुङले निर्देशन र आशिष गोङबो तामाङले सम्पादन र रोशन धितालले कलर गरेका हुन ।