परदेशीको डलर चल्छ यहाँ, पसिना, रगत र आँसुको कुनै मान्यता छैन ! - बुद्धिसागर बस्याल

  

तस्विर श्रोत – बिमल नेपाल

मेरा परदेशी साथीलाई  पत्र ।।

म तिम्रै सुभचिन्तक साथी,  मन अमिलो  पार्दै यो पत्र लेख्दैछु।

चीनबाट बिद्यार्थी आउँदा भक्तपुर जिल्लालाई तनाब भयो , भारत र नेपालीको साँधमा महिनौ बाटोमा  बसेर आमाको क्रियाकर्म  गरे धेरै नेपालीले।  अहिले   काठमाडौँमा  अस्पतालमा काम गर्ने  कर्मचारी ,प्रहरी र सेना   जो  रातदिन हाम्रा लागि लागि  काम गरिहेका  छन् ।  उनीहरुलाई घरमालिकले बस्न नदिने अवस्था छ  ।  नंया पाहुनाको त  कुरौ  छोडौ ।  सबै होटेल, रेस्टुरेन्ट बन्दछन् , तिमी  हामी जन्मेको घर टोल, प्रदेश, जिल्लामा सबै तगारो लागिएको छ, आफन्त ससुराली मावलीघर सबैतिर तिम्रो हाम्रो लागि बन्द छन् ।

तिमीलाई बिमानस्थल बाट  घरलाने मान्छेपनि  हुदैनन् यहा  ।    कसैले कसैलाई चिन्दैनन् यतिबेला।  चाउचाउ  र चिउरा खाएर कोरोना संग लड्न सकिदैन साथी तिम्रो बानी पनि बिग्रेसकेको छ  ।  यदि तिमी ठुलै मान्छेको आफन्त हो भने मात्रै  स्वदेशको सपना देखे  हुन्छ ,यति बेला नत्र जहाँ छौ आफ्नो ख्याल आफै गर्नु ।

तिम्रो दुख र तिम्रो भाबना म बुझ्छु साथी तर परदेशीको डलर चल्छ यहाँ पसिना, रगत र आँसुको कुनै मान्यता छैन।  एक त  यो संसार भरि नै  असामान्य अवस्थामा छ  यो भाइरस तर यहाँ अर्कै छ यतिबेला  ।  
 तिम्रा बा-आमा बाटो हेरेर बसेका होलान, छोराछोरी जन्म दिनको उपहार कुरेर बसेका होलान  यतिबेला   आमाबालाई   फोन  गरेर  सन्चै छु भन्दिनु , छोराछोरी अनि प्यारीलाई म छिट्टै आउछु ल भन्दिनु।  मन् रोएपनि अनुहार  र बोलीमा सन्चै भनेको आभास दिनु त्यसैमा परिवारको जय हुन्छ साथी । अहिले आफ्नो व्यथा आँफै भित्र राख,  बाँचियो  फेरी भेटौला, गाउँलाअनी  नाचौंला ।  

सानोमा तिमीलाई सन्चो नहुँदा  हजुरआमाले  खुवाउने गरेको  हलेदो र तातो पानी खाईरहनु।  सके सम्म घर भित्रै बस्नु ।बिहान साँझ भगवानकै लागि भएपनि  प्रार्थना गर्नु , हजुरबाले सिकाएको ध्यान गर्नु त्यसैले   तिमीलाई राम्रो हुन्छ  किनकि हाम्रा पुर्खाले कहिल्लै पनि  धर्म र  सत्  छोडेका छैनन् मन् बलियो बनाऊ ।। मेरो मन् अमिलो पार्दै यो पत्र लेख्दै छु।। म तिम्रै सुभचिन्तक साथी । 

                 परदेशीको उहि कथा  
                 बाँचे आकाशमा ।
                 मरे बाकशमा ।।