प्रधानमन्त्रीेले केकमा काटेको देश जोड्न यी गायिकाले खर्चिइन् लाखौ रकम (भिडियो सहित)

  

प्रधानमन्त्रीेले केकमा काटेको देश जोड्न यी गायिकाले खर्चिइन् लाखौ रकम (भिडियो सहित)


काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औँ जन्मोत्सव नेपालको नक्सा आकारको १५ किलोको केक काटेर मनाए । जसको आम नागरिकले चर्को आलोचना र बिरोध गरेका छन् ।

तर ठ्याक्कै यही समयमा अधिवक्ता तथा गायिका शितल पाण्डयेले लाखौ रकम खर्च गरेर नेपालको नक्सा काटेर टुक्राउने होइन् कालापानी र लिपुलेक सहितको नक्सा जोडेर राष्टिय गित बजारमा ल्याएकी छिन् ।

प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनमा नेपालको नक्सा आकारको केट काटिरहदाँ गायिका पाण्डेयले भने आफ्नो गित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष कसरी पुग्नसक्छ भनेर छलफल गरिरहेकी थिइन् । जब प्रधानमन्त्रीले ६९ औँ जन्मोत्सवका अवसरमा नेपालको नक्सा आकारको केक काटेर मनाएको फोटो भाइरल भयो त्यसपछि भने उनको मुटु छियाछिया भयो ।

उनले फेसबुकमा स्टाटसको रुपमा कबिता लेख्दै यसरी दुःख व्यक्त गरेकी छिन् ।


पाण्डे भन्छिन् - हामी नागरिकहरु देशको सिमा मिचियो,जोगाउने कसरी भनेर लाखौ खर्चिन्छौँ,रातदिन नसुतेर देश जोगाउने कसरी भन्छौँ तर प्रधानमन्त्री भने केकमा देश काटेर खाइदिन्छन्, सारै चित्त दुख्ने रहेछ । \

हेरौ भिडियो…

https://www.youtube.com/watch?v=w5JZ6lt3cRs