पत्रपत्रिकाबाट

काठमाडौँ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा कृत्रिम अभाव र कालोबजारी सुरु भएको छ । व्यवसायी संगठित भएरै कृत्रिम अभाव गराइरहेका छन् । भारतले भदौ २९ देखि निर्यात रोकेको थियो । त्यसलगत्तै यहाँ कालोबजारी सुरु भएको हो । काठमाडौंको बल्खुमा बुधबार प्याजको मूल्य अनुगमनमा निस्किएका उद्योग वाणिज्य तथा आपूर्ति…


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पार्टी एकता हुँदादेखि नै नसुल्झिएको निर्वाचन चिह्नको विवाद एकताको ६ महिनापछि टुंगिएको छ । गत २८ फागुनमा पार्टी एकता हुँदा थाती राखिएको चिह्न विवाद पटक पटकको अध्यक्षत्रयबीचको छलफलपछि बुधबार टुंगिएको हो । राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीबीचको प…


काठमाडौँ । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा  भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । यस …


प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार हुँदाहुँदै पनि मन्त्रिपरिषद्ले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले खतिवडालाई मन्त्रीसरहको सेवासुविधासहित प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय लिएको हो । प्रधानमन्त्री …


काठमाडौँ । सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर बुधबार सबेरै ६ म्याग्निच्युडको भूकम्प गयो । ठूलै झड्काले सबै आत्तिए । ज्यान जोगाउन भागदौड गर्दै कतिपय सडकमा पनि पुगे । धन्न, मानवीय क्षति भएन । पुनस्निर्माणको अन्तिम चरणमा रहेको रानीपोखरी बीचको मन्दिर बनाउनका लागि बुधबार इँटा बोक्दै महिला । ०७२ को भूकम्पपछि गरिनुपर्ने अ…


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । बैठक शुुक्रबारका लागि तय गरिएको छ । प्रधानमन्त्री निवासमा बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफलपछि बैठक तय भएको हो । भदौ २६ गते…


काठमाडौं । आज बिहीबार असोज १ गतेदेखि मध्यम र लामो रुटका बस सञ्चालनका लागि तयारी भइसकेको यातायात व्यवसायीले बताएका छन् । व्यवसायीले झन्डै ६ महिनादेखि थन्किएका सवारीसाधन सञ्चालनमा ल्याउन थालेका हुन् । तयारीस्वरुप यातायात व्यवसायी र चालक महासंघ सम्मिलित संयुक्त कार्यदलले आज बिहीबारबाट बस सञ्चालनका लागि सबैलाई अनुरोध …


काठमाडौं । आफ्नो परम्परा, रीतिरिवाजअनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको शवदाह संस्कार गर्न दिने गरी आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ताहरु रामेश्वरप्रसाद कोइराला, मनीषकुमार श्रेष्ठलगायतद्वारा दायर गरिएको रिट निवेदनमा कानुनमा आफ्नो रीतिरिवाज तथा कुल धर्मअनुसार शवको दाह संस्…


काठमाडौं । बहराइनका राजकुमारसहितको टोली नेपालको हिमाल चढ्नका लागि आउन लागेको छ। राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणको उदेश्यसहित गएराति करिब १२स्३० बजे नेपाल प्रस्थान गरेको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ। भदौ १५ बसेको मन्त्रिपरिषदको बैठकले निर्णय स्वास्थ्य मन्त्रालयले स्वीक…


काठमाडौँ । भारतले प्याज निर्यातमा रोक लगाउने निर्णय गरेसँगै नेपाली बजारमा एकै दिन होलसेलमा प्रतिकिलो १५ रुपैयाँ मूल्य बढेको छ । सोमबार प्रतिकिलो ६० रुपैयाँमा बिक्री भएको भारतीय प्याज मंगलबार ७५ रुपैयाँमा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ । खुद्रा बजारमा एक किलोकै १ सय रुपैया…


Page 2 of 672