अपराध

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ बाट बिहीबार हतियारसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा स्थानीय २३ वर्षीय टुमासिंह यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुराकीका आधारमा घरमा खानतलासी गर्दा प्रहरीले घरमा लुकाइराखेको पेस्तोल फेला पारेपछि यादवलाई नियन्त्रणमा लिएको सुनस…


टीकापुर । कैलालीको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले राति साढे १० बजेको समयमा …


भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।  इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले सात जना, इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले सात र इलाका प्रहर…


भक्तपुर । भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक  शाहीव हुसैनको  हत्याको अभियोगमा प्रहरीले आज दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी घर भई हाल  भक्तपुर ईटापाको मेटल कारखानामा बस्ने १९ वर्षीय सानु अन्सार…


ओखलढुङ्गा । ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारगार चलान भएका हुन् । ओखलढुङ्गा जिल्ला अदालतको आदेशमा तामाङलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्…


काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । विभागले स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ बमोजिम चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ८५ फर्मलाई कारबाही गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले तोकिएको समयमा फर्मको नव…


धनगढी । कैलालीमा तस्करी रोक्न खोज्दा प्रहरीका असइ गोविन्द विक र जवान रामबहादुर साउद मारिएको घटनाले केही आशंका उब्जाएको छ। प्रहरीले केराउ (मटर)का मुख्य तस्करलाई पक्राउ गरेको छैन। पक्राउपछि सार्वजनिक गरिएका सात जना अधिकांश भरिया मात्रै पाइएको छ। जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रतीक विष्ट शनिबार राति १० देखि ११ बजेको बी…


काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला हत्या प्रकरणलाई छिट्टै टुंगोमा पु९याउने बताउँदै आइरहेका बेला प्रहरीले सो घटनाका पुराना अनुसन्धान फाइल तथा मिसिल फेरि पल्…


कर्णाली । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अनुगमनका क्रममा मिसावट गरेको पाएपछि शङ्कर आयल स्टोर्सलाई बन्द गरिएको हो । डिजेल मिसावटले मोटरसाइकलको इञ्जिनमा खराबी आएपछि स्थानीय उपभोक्ताले प्रशासनमा उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्याल…


मलङ्गवा । लागुऔषध गाँजासहित सर्लाही जिल्लाको लालबन्दीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–१ बागवानी केन्द्रका प्रहरीले प्रदेश २–०–३००१ प ८०६३ नम्बरको मोटरसाइकललाई आज बिहान ४ः३० बजे जाँच गर्दा १५ किलो गाँजासहित हरिवन नगरपालिका २ डाबरी निवासी २० वर्षीय श्रवण महतो र १९ वर्षीय …


Page 1 of 5