हर्मिता – News Polar

राष्ट्रपतिलाई साझा बसमा यात्रा गराउने हर्मिताको हर्ष !
काठमाडौँ । सबै देशका राष्ट्र प्रमुखलाई सवारीको विशेष व्यवस्था गरिएको हुन्छ । पदीय मर्यादा तथा सुरक्षाका कारण यस्तो व्यवस्था गर्नु देशकै मुख्य जिम्मेवारी हो । यद्यपि, शानिबार राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले उपलब्ध गराएको सवारीको सट्टा आमनागरिकले प्रयोग गर्ने साझा बसमा यात्रा गर्नुभयो । उहाँले राष्ट्रपति भवन शीतलनिवासदेखि ललितपुरको पाटनसम्म साझा यातायातमा यात्रा गर्नुभएको हो ।

राष्ट्रपति भण्डारी पाटन क्षेत्रका सम्पदा, मदन पुरस्कार पुस्तकालय, पिम्बहाः पुखुलगायतका ऐतिहासिक धरोहरको अवलोकनका लागि त्यहाँ पुग्नुभएको थियो । राष्ट्रप्रमुख साझाको बिजुली बसमा सवार हुँदा आम नागरिकमा सार्वजनिक यातायातप्रति सकारात्मक सन्देश गएको छ । त्यसले ल्याएको उत्साह सार्वजनिक यातायात चलाउँदै आएका चालक वर्गमा पनि प्रवाहित भएको छ ।

महाराजगञ्जबाट पाटनढोकासम्म राष्ट्रपतिसहित २८ जनालाई यात्रा गराउनुभएकी चालक हर्मिता श्रेष्ठको अनुभूति पनि गर्विलो छ । हर्मिताको संयोग र राष्ट्रप्रमुखको यात्राले जीवनभरको पेसाप्रति सम्मान थपेको मात्र छैन उहाँमा आफ्नो पेसाप्रति भरोसा पनि जागेको छ । २१ वर्षीय पेसा अवधिमा आफूले पाएको अवसर जीवनभर स्मरणीय रहने हर्मिताको प्रतिक्रिया छ । उहाँले भन्नुभयो, “सर्वसाधारणदेखि राष्ट्राध्यक्षसम्मलाई यात्रा गराउन पाउनु मेरा लागि महत्वपूर्ण अवसर हो । यसले पेसाप्रति गौरवान्वित तुल्याएको छ ।”

राष्ट्रपतिलाई बसमा चढाएर साझा यातायातले उपलब्ध गराएको टिसर्ट, क्याप र मास्क लगाएर ड्राइभिङ सिटमा बस्दा अत्यन्त खुशी अनुभूत गरेको उहाँले सुनाउनुभयो । “देशको अति विशिष्ट व्यक्ति, त्यसमा पनि महिला, उहाँलाई राखेर बस अगाडि बढाउँदा महिला चालक हुनुमा गर्वले छाति फुलेको अनुभव भयो”, हर्मिताले भन्नुभयो, “अरु दिन धुलो धुवाँलाई छिचोल्दै लामो समय सडकमै बिताउने म, शनिबार मेरा लागि विशेष दिन रह्यो ।”

राष्ट्रपतिलाई निवासबाट पाटनढोका हुँदै पुनः निवास पु¥याउँदा जीवनमा महत्वपूर्ण जिम्मेवारी पूरा गरेको उहाँको भनाइ छ । यसले उहाँमा अझ उत्साह थपेको छ । “दुई दशकदेखिको ड्राइभिङ पेसाप्रति सन्तुष्ट छु”, हर्मिताले भन्नुभयो । यसअघि विभिन्न सङ्घसंस्थाको गाडी चलाएर देशका कुना काप्चासम्म पुगेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “सिक्दासिक्दै ड्राइभिङ जीवन धान्ने पेसा बन्यो, जसकै कारण राष्ट्र प्रमुखलाई राखेर सहर डुलाउन सक्ने भएँ, यसमै खुशी छु ।”

विभिन्न संस्थामासमेत आवद्ध उहाँ सार्वजनिक यातायातको चालक हुँदा कानुनको पालनाका साथै व्यावहारिक कुराले समस्यामा पर्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार विषेशतः ज्येष्ठ नागरिक र समस्यामा परेका यात्रुलाई सहयोग गर्दा कुनै ठाउँमा सवारीले ट्राफिक नियम उलङ्घन हुने अवस्था आउँछ । मानवीय दृष्टिबाट अस्पतालजस्ता ठाउँमा अशक्त व्यक्ति ओरालिदिनुपर्ने हुन्छ त्यतिबेला ट्राफिक प्रहरीले गर्ने व्यवहारले उहाँको मन दुख्छ ।

संविधानले समानताको सुनिश्चितता गरे पनि अझै नेपालमा अधिकांश पुरुष चालक छन् । पछिल्लो समय महिलाले पनि यो पेसालाई अँगाल्न थालेका छन् । हर्मिता पुरुषले मात्र नभएर महिलाले पनि जुनसुकै सवारी चलाउन सक्छन् भन्ने उदाहरण बन्नुभएको छ । अवसर पाएमा महिला देशदेखि सवारी हाँक्ने ठाउँसम्म पुग्न सक्ने उहाँको विश्वास छ । राष्ट्रपतिको सवारीमा सहचालकको भूमिका निर्वाह गर्नुभएकी सरिता भुजेलको पनि उस्तै अनुभव छ । हर्मितालाई मात्र होइन, सबै महिला चालकलाई पेसाप्रति थप जिम्मेवार एवं हौसला मिलेको छ ।

नविन पौडेल/रासस